Logo

चक्रपथ विस्तारका लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने, जग्गा अधिग्रहणका लागि बजेट कुर्दै आयोजना

चक्रपथ विस्तारका लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने, जग्गा अधिग्रहणका लागि बजेट कुर्दै आयोजना



काठमाडौं । दोश्रो चरणको चक्रपथ विस्तारका लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने भएको छ । चक्रपथ बिस्तार अन्तरगत दोश्रो चरणमा कलंकीदेखि चाबहिल गोपीकृष्ण सडक खण्डको कुल ११ दशमलब ६ किलोमिटर सडक बिस्तारको तयारी भइरहेको छ ।

laxmi

यो सडकखण्ड बिस्तारका लागि सडक सीमाको दाँयाबाँया ३१÷३१ मिटर जग्गा अधिग्रहणको लागि गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिइसकेको छ । जसअनुसार चक्रपथ विस्तार आयोजनाले ६ हजार ९ सय ४४ स्क्वायर मिटर जग्गा अधिग्रहण गर्ने र त्यसका लागि जग्गाको मुआब्जाको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने आयोजनाले जानकारी दिएको हो ।

अघिल्लो हप्तामात्रै सरकारले सो जग्गा प्राप्तिको लागि आयोजनालाई स्वीकृति दिएको सुचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । सरकारको स्वीकृतिसँगै जग्गा अधिग्रहणको लागि सहज भएको आयोजनाले जानकारी दिएको छ ।

तर, आयोजनाले उक्त क्षेत्रमा बैशाखदेखि मात्रै काम सुरु गर्ने आयोजा प्रमुख अमृतमणि रिमालले जानकारी दिए । ‘भर्खरै मन्त्रिपरिषदबाट स्वकृती पाएकाले अब छिट्टै मुआब्जाको काम सकाएर निर्माण सुरु गर्ने तयारमिा छौं । आयोजना सरकारको प्राथमिकतामा पनि भएकाले पनि मुआब्जाको लागि अर्थमन्त्रालयबाट छिट्टै बजेट विनियोजन हुनेछ’, रिमालले बताए ।

उक्त क्षेत्रमा हाल साईट क्लियरको काम भईरहेको छ । सो क्षेत्रमा विजुलीका पोल, खानेपानी र ढलका पाईप सार्ने, रुख काट्नेलगायतका कामहरु तीब्र गतिमा भईरहेको आयोजना प्रमुख रिमालले बताए । उनका अनुसार हाल ९ सय ओटा रुख कटान भईसकेको छ भने ४ सय भन्दा बढी बिजुलीका पोल स्थानान्तरण गरिसकिएको छ ।

कुल ११ दशमलव ६ किलोमिटरको उक्त सडक खण्डर्मो ६२ मिटर भित्र भने केही घर नै हटाउनु पर्नेछ । तर, एक बर्ष अघिनै सुरु हुने भनिएको उक्त सडकखण्डको काम चिनियाँ ठेकेदार कम्पनीले डिजनाईनलगायतका काम समयमै नगरेकाले ढिला भएको र डिजाइन आएपछि कति घर हटाउनुुपर्ने हो भन्ने टुंगो लाग्ने पनि आयोजना प्रमुख रिमालले जानकारी दिए । फाइनल डिजाइन नआउँदा सडक बिस्तारको तयारी गरिएको चक्रपथको दोश्रो खण्डको लागि के कति रकम लाग्ने भन्ने विषय पनि अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL