Logo

चक्रपथ विस्तारको दोस्रो खण्डको काम धमाधम, अढाई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

चक्रपथ विस्तारको दोस्रो खण्डको काम धमाधम, अढाई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य



काठमाडौं । चक्रपथ विस्तार अन्तर्गतको कलंकी–महाराजगंज सडक खण्ड विस्तार सुरु भएको छ । चिनियाँ पक्षले साईट क्लियर गरेपछि मात्रै डिजाईन दिने अडान राखेपछि आयोजनाले साईट क्लियरका लागि धमाधम काम सुरु गरेको हो ।

laxmi

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले उक्त सडक खण्डको जिम्मा लिएको १ बर्षपछि साईट क्लियर पछि मात्रै डिजाईन दिने अडान राखेपछि ३ महिनाभित्र साईट क्लियर गर्नेगरी काम गरिरहेको आयोजना प्रमुख अमृतमणी रिमालले जानकारी दिए ।

चिनियाँ कम्पनीले गत बर्ष पहिलो खण्डको काम सम्पन्न भएको केही समयभित्रै दोस्रो खण्डको काम सुरु गर्ने भन्दै डिजाईन बनाउन लागेको बताएको थियो । गत बर्षको असार मसान्तभित्रै डिजाईन बनाउने र मंसिरमा सडक विस्तारको काम अघि बढाउने समेत घोषणा गरेको कम्पनीले पछिल्लो समय भने साईट क्लियरपछि डिजाईन दिने बताएको हो ।

उक्त खण्डको ३१ मिटर आसपासका घरटहरा, रुख, विजुलीका पोल लगायतका संरचना हटाउन हाल आयोजना लागिपरेको छ । आयोजनाले हालसम्म पुराना विजुलीका पोलहरु सारेर नयाँ करिव ३ सय पोल गाडिसकेको छ । यस्तै साईटमा पर्ने करिव साढे २ सय रुखहरु पनि काटिसकेको आयोजना प्रमुख रिमालले बिजखबरलाई जानकारी दिए ।

उनका अनुसार ३ महिनाभित्र आयोजनाले साईट क्लियर गरेपछि करिव अढाई बर्षमा काम सम्पन्न गर्नेगरी चिनियाँ कम्पनीले उक्त खण्डको डिजाईन बनाउनेछ । उक्त खण्डमा मात्रै २१ सय रुखहरु हटाउनुपर्ने आयोजनाले जानकारी दिएको छ ।

उक्त सडकखण्ड ८ लेनको डिजाईनमा बनाईने भएको छ । सडक विभागले कोटेश्वर कलंकी खण्डको डिजाईनमा त्रुटी भेटिएपछि दोस्रो खण्डमा यो त्रुटी नदोहोर्याउन चिनियाँ पक्षलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL