Logo

सुचना प्रविधि प्रयोगशाला निर्माण गर्न २०८ विद्यालयसँग सम्झौता गर्दै प्राधिकरण, निर्माणका लागि छानियो ओबीसीआई

सुचना प्रविधि प्रयोगशाला निर्माण गर्न २०८ विद्यालयसँग सम्झौता गर्दै प्राधिकरण, निर्माणका लागि छानियो ओबीसीआई



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालभरका २ सय ८ विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माण गर्ने भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै सो कार्यका लागि छनौट भएका विद्यालयलाई सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गर्न आह्वान गरेको हो ।

laxmi

प्राधिकरणले विभिन्न समयमा गरी नेपालभरका २ सय ८ ओटा सामुदायिक विद्यालयहरुलाई सुचना प्रविधि प्रयोगशाला निर्माणका लागि छनोट गरेको छ ।

प्राधिकरणले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नका लागि असोज १ गतेदेखि कार्तिक ८ गतेसम्मको समय दिएको छ ।

प्राधिकरणले छनोट गरेका उक्त विद्यालयहरुमा सुचना प्रविधि प्रयोगशाला निर्माण गर्नेछ । साथै उक्त प्रयोगशालामार्फत विद्यार्थीहरुलाई सुचना प्रविधिमा साक्षर बनाउने तथा ज्ञान दिने काम हुनेछ ।

पछिल्लो समय नेपालका हरेक स्थानमा ईन्टरनेटको सुविधा पुर्याउने गरी काम हुँदै गर्दा विद्यालयमा सुचना प्रविधि प्रयोगशाला निर्माणले पनि केही हदसम्म यसमा सहयोग पुग्ने प्राधिकरणको बुझाई छ । प्राधिकरणले २ महिना अघि नेपालभरका विभिन्न विद्यालयहरुलाई उक्त प्रयोगशाला निर्माणका लागि छनोट गरेको थियो ।

प्राधिकरणले दिएको समयभित्रमा छनोट भएका विद्यालयहरुले प्राधिकरणको कार्यालयमै आएर सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने छ । प्राधिकरणले उक्त विद्यालयहरुमा प्रयोगशाला निर्माण गर्नका लागि ओबीसीआई÷म्याक्स÷नेपा जोईन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ । साथै छनोटमा परेका प्रत्येक विद्यालयलाई प्राधिकरणले विद्युतको सुविधा, कक्षाकोठा लगायतको सुविधाको जोहो गर्न समेत निर्देशन दिएको छ ।

यस्तै प्राधिकरणले एमओयु गर्नका लागि छुट्याएको समयमा सम्पर्कमा नआएका विद्यालयलाई भने स्वतः हटाईने बताएको छ । साथै त्यस्तो भएमा प्रतिक्षा सुचिबाट अन्य विद्यालयलाई छनोट गरिनेछ ।


यी हुन छनोट भएका नेपालभरका विद्यालयहरु :

[googleapps domain=”drive” dir=”file/d/1kEQ13K3etf1qWh_x3CW4XJRPqy51yISX/preview” query=”” width=”800″ height=”640″ /]


प्रतिक्रिया दिनुहोस्
MBL