Logo

गौतमबुद्ध विमानस्थल प्राधिकरणले नै संचालन गर्ने, अघि बढ्न सकेन ‘जिटुजी’ प्रक्रिया

गौतमबुद्ध विमानस्थल प्राधिकरणले नै संचालन गर्ने, अघि बढ्न सकेन ‘जिटुजी’ प्रक्रिया



काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले नै संचालन गर्ने भएको छ । प्राधिकरण अन्तरगत राष्ट्रिय गौरब आयोजनाका प्रमुख प्रदिप अधिकारीका अनुसार उक्त विमानस्थल संचालन प्राधिकरणले नै गर्ने भएको हो ।

सरकारले सो विमानस्थलको दिगो र व्यवसायिक सञ्चालनका लागि विदेशी सरकारसँग सम्झौता गरी जिटुजी मोडलमा संचालन गर्ने बताएको थियो । सोका लागि जेठको पहिलो हप्ता मन्त्रिपरिषद्ले सैद्दान्तिक सहमति दिएसँगै प्राधिकरणले संचालनको जिम्मा नपाउने निश्चित भएको थियो ।

तर जिटुजीमार्फत उक्त विमानस्थल संचालन गर्ने भनिए पनि हालसम्म कुनै प्रक्रिया अघि नबढेको अधिकारीले जानकारी दिएका छन । उनका अनुसार जिटुजीमार्फत विमानस्थल संचालनको लागि अन्य निकाय नआउँदा सम्मको लागि भने प्राधिकरणलेनै संचालन गर्ने तयारी भईरहेको अधिकारीले जानकारी दिएका छन ।

यस अघि पनि उक्त विमानस्थल संचालनको जिम्मा नेपाल सरकारकै नियमक निकायले संचालन गर्न पाउनु पर्ने प्राधिकरणले माग गरेको थियो ।

हाल उक्त विमानस्थलको धावनमार्ग, एप्रोन, ट्याक्सी वेलगायतका निर्माण कार्य सम्पन्न भईसकेको छ भने अन्य विद्युतीय काम मात्रै बाँकी रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार सो विद्युतीय काम पनि दशैं सम्ममा सम्पन्न गरि सक्ने लक्षका साथ तिब्र गतिमा काम भईरहेको छ । त्यस्तै टर्मिनल भवनको छाना, टावर निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL