Logo

लण्डन विश्वकै शक्तिशाली शहर, यी हुन विश्वका शक्तिशाली १० शहर

लण्डन विश्वकै शक्तिशाली शहर, यी हुन विश्वका शक्तिशाली १० शहर



काठमाडौं । आकर्षणका हिसावले लण्डन यो बर्ष पनि विश्वकै शक्तीशाली शहरमा परेको छ । लण्डन यो बर्ष सँगै सातौं पटक आकर्षणका हिसावले शक्तीशाली शहरमा परेको हो ।

ग्लोवल पावर सिटी ईन्डेक्सले यो बर्ष पनि शक्तीशाली शहरको पहिलो स्थानमा लण्डनलाई नै राखेको हो । सन २००८ यता प्रत्येक बर्ष अमेरिकाको मोरी मेमोरियल फाउन्डेशन ईन्स्टिच्युट फर अर्बान स्ट्राटेजिजले विश्वका नाम चलेका विभिन्न ४४ ओटा शहरको विश्लेषण गर्ने गरेको छ ।

ईन्स्टिच्युटले उक्त शहरहरुले कसरी पुँजी, व्यापार, तथा जनतालाई आकर्षण गरिरहेका छन तथा आकर्षण गर्ने क्षमताबारे अध्ययन गर्ने पनि गर्दछ । सोही अनुसार यो बर्ष भने लण्डन लगायत विभिन्न १० शहरहरु शक्तीशाली शहरको स्थानमा परेका छन ।

ईन्स्टिच्युटले खासगरी आर्थिक, अनुसन्धान तथा विकास, सांस्कृतिक मेलमिलाप, वातावरण लगायत ६ कुरालाई आधार मान्दै विभिन्न ७० ओटा सुचकका आधारमा प्रत्येक शहरहरुका सुचकलाई स्कोर दिने गर्दछ । यसरी सबै सुचकलाई स्कोर दिँदा हालसम्म सबैभन्दा धेरै स्कोर पाउने शहरले २ हजार ६ सय विन्दु सम्म हाँसिल गरेको छ । सोही अनुसार २०१८ मा लण्डन, न्युयोर्क, टोक्यो, पेरिस तथा सिङ्गापुर उच्च ५ शक्तिशाली शहरमा परेका छन ।

यस्तै अघिल्लो बर्षको तथ्याँकका आधारमा २०१८ मा चीनको बेईजिङ भने शक्तीशाली राष्ट्रको सुचिमा पछि परेको छ । विभिन्न कारणबस बेईजिङले २०१८ मा उक्त र्याङ्किङमा पछि परेको जनाईएको छ । अघिल्लो बर्ष बेईजिङ उक्त र्याङ्किङको १३ औं स्थानमा भएपनि २०१८ मा भने २३ औं स्थानमा परेको उक्त रिपोर्टले देखाएको छ । यस्तै सांघाई १५ औं बाट २६ औं स्थानमा झरेको छ । तर अमेरिकाको सान फ्रान्सिस्को भने १७ औं अंकबाट १४ औं अंकमा उक्लेको उक्त रिपोर्टले देखाएको छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL