Logo

अर्थमन्त्रीले खोले पपुलिष्ट बजेट ल्याउनुको कारण, यसकारण दिईयो सांसदलाई ६ करोड

अर्थमन्त्रीले खोले पपुलिष्ट बजेट ल्याउनुको कारण, यसकारण दिईयो सांसदलाई ६ करोड



काठमाडौं । सरकारले जनताको चाहना र इच्छा बमोजिम पपुलिष्ट बजेट ल्याएको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताएका छन् । ‘हामीले चालू आर्थिक बर्षलाई अर्थतन्त्रको आधार (जग) निर्माणको बर्ष भनेका थियौं,’ बजेटपछिको छलफल कार्यक्रममा उनले भने, ‘हामीले यो बर्ष जग बनाईसकेका छौं आगामी बर्ष त्यसका पूर्वाधार ठड्याउने छौं ।’

नेकपाको दुई तिहाई बहुमतको सरकारसँग जनताको अपेक्षा धेरै भएको र उनीहरुको धैर्यताको बाँध फुट्न नदिनका लागि पनि पपुलिष्ट बजेट ल्याउनु परेको उनको तर्क थियो । ‘तोलकतन्त्रमा जनलाई धेरै कुराएर राख्यौ भने उनीहरुको धैर्यता टुट्न सक्छ,’ उनले भने, ‘अहिलेको बजेटले जनताको आशा र अपेक्षा संबोधन गरेको छ ।’

यसैगरी सरकारले जनप्रतिनिधिले चुनावका क्रममा आफुले वाचा गरेका प्रतिवद्धता पुरा गर्नका लागि सांसदलाई रकम वितरण गर्नुपरेको समेत उनले जानकारी दियौं । ‘जनतालाई प्रतिविम्बित गर्न हामीले प्रत्येक सांसदलाई ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेका हौं,’ उनले भने, ‘लोकतान्त्रमा जनप्रतिनिधि नै संलग्न नभएको जनसहभागिता कस्तो होला ?’ । तर, जनप्रनिधिमार्फत हुने विकास आयोजनाको कामहरुको नियमन भने हुनुपर्ने उनको तर्क थियो ।

आर्थिक बर्ष २०७६÷७७ को बजेटले स्वदेशी उद्योगलाई उचित संरक्षण गर्दै निर्यातमा प्रोत्साहन गरेको जानकारी दिँदै सोही अनुरुप आयात प्रतिस्थापन गरिने समेत उनले जानकारी दिए । सरकारले निर्यात प्रवद्र्धन गर्नकै लागि निर्यातमा लाग्दै आएको करहरु हटाइएको उनले जानकारी दिए ।

सरकारले विलासिताको बस्तु आयात रोक्नका लागि त्यसमा कोटा सिस्टम नै लागू गर्न लागिएको समेत उनले जानकारी दिए । ‘अहिले अनावश्यक रुपमा विलासिताको बस्तु र स्वाथ्यमा असर गर्ने सामानहरुको आयात उच्च भइरहेको छ,’ उनले भने, ‘त्यसलाई रोक्नका लागि कोटा सिस्टम नै लागू गर्नुपर्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL