Logo

आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउँदै अर्थमन्त्री, के भेनेजुएला पथमा जादैछ देश !

आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउँदै अर्थमन्त्री, के भेनेजुएला पथमा जादैछ देश !



काठमाडौं । अघिल्लो पटक संकुचनकारी बजेट ल्याएको भन्दै आलोचना खेपेका अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि भने वितरणमुखी बजेट ल्याउने भएका छन् ।
सरकारले यस पटक आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउने भएको हो ।

laxmi

बजेट निर्माणको लागि प्रयाप्त स्रोत नभइरहेको अवस्थामा सरकारले आन्तरिक ऋण उठाएर वितरणमुखी बजेट ल्याउने गरी बजेटलाई अन्तिम रुप दिएको उच्च स्रोतले जानकारी दिएको छ ।

सरकारले आफुसँग बजेट निर्माणको लागि प्रयाप्त स्रोत नभइरहेको अवस्थामा आन्तरिक ऋण उठाएरै भएपनि वितरणमुखी बजेट ल्याउन लागेको उक्त स्रोतले जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा बढीको बढीको बजेट ल्याउँदै वितरणमुखी बनाउने भएको छ ।

विशेगारी वृद्धभत्ता, सामाजिक सुरक्षा, सांसदका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम, कर्मचारीको तलबभत्ताजस्ता विषयमा सरकारले उच्च वृद्धि गर्ने भएको छ । राजस्व, अनुदान, बाह्य ऋण लगायतका स्रोतबाट नपुगेपछि अन्तिम समयमा आन्तरिक ऋण उठौतीलाई बढवा दिँदै वितरणमुखी बजेट ल्याउन लागिएको उक्त स्रोतले जानकारी दिएको छ ।

सरकारी तथ्याङ्क अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋणको भार ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ । जसमध्ये बाह्य ऋण ५ खर्ब ९४ अर्ब ८६ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ३ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ छ । चालू आबमा पनि सरकारले लिएको लक्ष्य अनुरुप बाह्य अनुदान तथा ऋण नआएपछि आगामी आबको बजेटमा आन्तरिक ऋण उठौतीलाई प्राथमिकता दिएको उक्त स्रोतले जानकारी दिएको हो ।

चालू आबसम्म आईपुग्दा प्रत्येक नेपालीको थाप्लामा ३६ हजार रुपैयाँको दरले ऋणको भार परेको छ । सरकारले आगामी आबको लागि थप आन्तरिक ऋण उठाउँदै वितरणमुखी बजेट ल्याउँदा ऋणको भार उच्च भइ देश भेनेजुएला पथमा अघि बढ्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सरकारसँग स्रोत नभइसकेको खण्डमा उच्च अन्तरिक ऋण उठाएर बजेट ल्याउनु गलत भएको समेत सम्बद्ध पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL