Logo

लगानी सम्मेलन : ३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी प्रस्ताव

लगानी सम्मेलन : ३१ परियोजनामा ४८ वटा आवेदन, २५ खर्ब लगानी प्रस्ताव



काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा २५ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव गरेका छन् । सरकारले गरेको लगानी सम्मेलनपछि विभिन्न देशका लगानीकर्ताले नेपालमा उक्त रकम बराबरको लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

laxmi

उनका अनुसार विभिन्न ३१ परियोजनाका लागि ४८ वटा आवेदन परेका छन् । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै ७७ वटा परियोजना सोकेशमा राखेको थियो । जसमध्ये सबैभन्दा बढी निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेको छ ।

अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखाएको बोर्डले जानकारी दिएको छ । सरकारले चैत १५ र १६ गते काठमाडौंमा गरेको लगानी सम्मेलनमा सरकारको ५० र निजी क्षेत्रका २७ गरी कुल ७७ परियोजना लगानीकर्ता माझ प्रस्तुत गरेको थियो ।

बोर्डका अनुसार निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४ वटा, बस र्यापिड ट्रान्जिट (काठमाडौं) मा ४ वटा, धनगढी क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलमा २ वटा, सामाखुशी(टोखा(छहरे सडकमा २ वटा, काठमाडौं मेट्रो रेल, पूर्वपश्चिम विद्युतीय रेल, काठमाडौं पोखरा, लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेनमा १/१ प्रस्ताव परेको छ । भक्तपुरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् । यसैगरी तमोर जलविद्युत आयोजनामा २ आवेदन परेको छ भने पश्चिम सेती, सुनकोशी दोस्रो, तेस्रो, तल्लो अरुण र ५५० मेगावाटको नेपाल सोलार आयोजनामा १÷१ वटा प्रस्ताव परेको छ । त्यस्तै

सरकारले २ बर्ष अघि गरेको लगानी सम्मेलनमार्फत विदेशी लगानीकर्ताले साढे १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जाहेर गरेका थिए । तर, यस पटक भएको सम्मेलनमार्फत बैशाख ७ गतेसम्म २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको सिईओ अधिकारीले जानकारी दिए ।

साथै लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जानकारी दिएको छ । आवेदन दिने समयावधि १ महिनालाई थप गरिएको हुँदा यस्तो प्रतिवद्धता आउने क्रम अझै बढ्न अधिकारीको भनाई थियो । साथै परेका आवेदनको छुट्टै कमिटिमार्फत मूल्याङ्कन गराएर मात्रै निर्माणको जिम्मा दिईने समेत बोर्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL