Logo

२०२० भित्र नेपाललाई कालोसुचीबाट हटाउँदै इयु, यस्तो छ मन्त्रालय र इयुको आन्तरिक तयारी

२०२० भित्र नेपाललाई कालोसुचीबाट हटाउँदै इयु, यस्तो छ मन्त्रालय र इयुको आन्तरिक तयारी



काठमाडौं । युरोपियन युनियनले नेपाललाई २०२० भित्रै कालो सुचीबाट हटाउने भएको छ ।
नेपालको हवाई उडानलाई इयुको कालो सुचीबाट हटाउने विषयमा पटक पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको थियो । उक्त छलफलहरुमा इयुले २०२० भित्रै नेपाललाई कालोसुचीबाट हटाउने तयारी भईरहेको जानकारी दिएको हो ।

laxmi

नेपाललाई इयुको कालोसुचीबाट हटाउन युरोपियन मुलुकका राजदुतहरुसँग गत शुक्रबार मन्त्रालयमा थप छलफल भएको थियो । सोही छलफलमा इयुले नेपाललाई २०२० भित्रै कालोसुचीबाट हटाउन सकरात्मक देखिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यलले बिजखबरलाई जानकारी दिए । ‘अबको डेढ वर्ष भित्र नेपाली जहाजहरुले युरोपियन मुलुकमा उडान गर्न पाउने छन,’ उनले भने, ‘यसका लागि नेपालले पनि आवश्यक तयारी गरिरहेको छ ।’

इयुले नेपालको उडान क्षेत्रमा भएको सुरक्षा, प्राधिकरणलाई टुक्रयाउनु पर्ने लगायतका २२ ओटा क्षेत्रमा सुधार गर्नुपर्ने भन्दै नेपाल समक्ष आफ्नो माग राखेको छ । ती बुँदाहरुमा केही कुरा नमिलेकाले इयुको कालोसुचीबाट नेपाल हटन नसकेको समेत आचार्यले जानकारी दिए ।

उनका अनुसार नेपालले इयुको सुझाव अनुसार २२ ओटा बुँदालाई तत्काल परिमार्जन गर्न सके त्यो समय भन्दा अगाडीनै कोलो सूचीबाट हटाएर नेपाली जहाजलाई युरोप उडान खुला गर्न सकिन्छ । तर, इयुले भनेअनुसारको प्राधिकरणलाई नियमक निकाय र सेवा प्रदायक बनाउनु सुझावलाई कार्यान्वयनमा ल्याउन नसकेका कारण नेपाललाई कालोसुचीबाट हटाउने समय पछि धकेलिँदै गएको छ ।

‘अन्तरराष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) ले नेपाललाई कालो सुचीबाट हटाएको छ तर इयु अन्तरगतको २०÷२२ ओटा मुलुकले मात्रै नहटाउँदा पनि नेपालको पर्यटन क्षेत्रमा कमि आएको छ,’ उनले भने, ‘नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि पनि इयुको कालो सुचीबाट तत्काल हटाउन पहल गरिनुपर्छ ।’

नेपालमा वार्षिक करिब १ लाख भन्दा माथी पर्यटक इयु अन्तरगतका देशबाट भित्रिन्छन । अहिले उनीहरु माथिल्लो तहबाटै सिधा उडान हुन सकेको खण्डमा नेपाल भित्रने पर्यटक अझै बढ्नेछ । ‘हामीलाई नेपाल मन पर्छ तर देशले नै कालो सुचीमा राखे पछि अन्य बाटो हुँदै आउँदा हामीलाई गाह्रो पर्छ,’ नेपाल आउने इयुका पर्यटकले पटक पटक गुनासो गर्दै आएका छन् ।

अहिले पनि अन्य मुलुक तथा बसको माध्यमबाट हजारौं युरोपियनहरु नेपाल आईरहेका छन । तर सिधा उडान भयो भने ५ दिनको बिदामा पनि उनीहरु नेपाल आउन सक्छन । त्यसैले पनि नेपाललाई इयुको कालो सुचीबाट हटाउन लागि परेको आचार्यले जानकारी दिए ।

तर, इयुले पटक पटक कालोसुचीबाट हटाउन नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउनुपर्ने सर्त कडा रुपमा अघि सार्दै आएको छ । सोही अनुरुप सोको मस्यौदा समेत तयार पारी संसदमा पेश गर्न लागिएको आयार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL