Logo

जलविद्युतमा जनताको लगानी भित्र्याउन धितोपत्र बोर्डले गर्यो नयाँ कानूनी व्यवस्था, चुक्ता मूल्यको १० प्रतिशतमात्र रकम संकलन

जलविद्युतमा जनताको लगानी भित्र्याउन धितोपत्र बोर्डले गर्यो नयाँ कानूनी व्यवस्था, चुक्ता मूल्यको १० प्रतिशतमात्र रकम संकलन



काठमाडौं । सरकारले संचालनमा ल्याउन लागेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत सर्वधारणमा सेयर निष्काशनको लागि धितोपत्र बोर्डले नयाँ कानूनी व्यवस्था गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा दोस्रो संशोधन गरी सरकारले कार्यान्यनमा ल्याउन लागेको जलविद्युत कार्यक्रममा जनताको लगानी भित्र्याउन नयाँ व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अनुसार संस्थापकहरुले लिन कबुल गरेको सेयर रकमको न्युनतम १० प्रतिशत चुक्ता भएको र आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको वा सोका लागि आशयपत्र प्राप्त भएको अवस्थामा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम बमोेजिम साधारण पूँजी संकलन गरी जलविद्युत निर्माणमा सेयर तथा डिबेञ्चर निष्काशन गर्न सकिने छ ।

यसरी सेयर निष्काशन गर्नका लागि पनि नेपाल सरकारको न्युनतम ५१ प्रतिशत सेयर स्वामित्व भई आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरण तयार भएको हुनुपर्ने छ । त्यस्ता कम्पनीले सेयर निष्काशन गर्दा तत्कालका लागि सेयर खरिद गर्न चाहने आवेदकले चुक्ता मूल्यको १० प्रतिशत रकम मात्र दाखिल गरे पुग्ने छ ।

कुनै पनि आवेदकले आफुले खरिद गर्न चाहेको सेयर बाँकी ९० प्रतिशत रकम भने आयोजना निर्माणको कम्पीमा ९० प्रतिशत काम भएपछि माग गर्नुपर्ने छ । त्यसरी माग गरिएको १० प्रतिशत रकमको पनि सेयर धनीलाई नेपाल सरकारले निर्धारित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल सेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न पाईने भएको छ ।

कुनै पनि आयोजनाको ५० प्रतिशत काम पुरा भएर जनताबाट कुनै पनि सेयर रकमको शतप्रतिशत रकम उठाएपछि त्यसतो सेयरलाई दोस्रो बजारमा खरिदबिक्री गर्न पाईने छ । तर सेयरको चुक्ताहुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको सेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना निष्काशन गरेर बिक्री गर्न सक्नेछ । तर त्यसरी पनि बिक्री नभएमा बाँकी रहेको सेयर संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL