Logo

डलर मूल्य बढ्दा ३६ प्रशितले बढ्यो रेमिटान्स आप्रबाह, बैदेशिक रोजगारीमा २८ प्रतिशतले गिरावट

डलर मूल्य बढ्दा ३६ प्रशितले बढ्यो रेमिटान्स आप्रबाह, बैदेशिक रोजगारीमा २८ प्रतिशतले गिरावट



काठमाडौं । डलर मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा उच्च वृद्धि भएको छ । चालू आर्थिक बर्षको ४ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारमा गिरावट आएपनि डलर मूल्य वृद्धिका कारण देशमा भित्र्ने रेमिटान्समा भने वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ४ महिनामा विप्रेषण आप्रवाहमा ३६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब २६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १ दशमलव ४ प्रतिशतले घटेको थियो । सो अबधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव ६ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शुन्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

समिक्षा अबधिमा वैदेशिक रोजगारीमा जाने कामदारमा उच्च गिरावट आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL