Logo

उद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ?

उद्योगी व्यवसायीको दशैं, हेर्नुहोस कसले कसरी मनाउँदैछन् ?



काठमाडौं । दशैं सुरु भएसँगै उद्योगी व्यवसायीले आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । कतिपय व्यवसायीले दशैंलाई परिवारसँग बसेर मनाउने बताएका छन् भने कतिपयले आन्तरिक भ्रमणमा जाने बताएका छन् ।

दशैंमा विशेषता हामी मठ मन्दिर गएर पुजापाठ गर्ने ठूलाबडाको हातको टिका लगाउने साथीभाई रमाईलो गर्ने गर्छौं । यतिमात्रै नभएर हामी कतै घुम्नको लागि समेत जाने गर्छौं । दशैं सबैको भेटघाट गर्ने थलो हो देश विदेशमा भएका आफन्त सँग भेटघाट गर्ने रमाईलो गर्ने माध्यम नै दशैं भएकाले पनि दशैं विशेष छ हामी नेपालीहरुको लागि ।

हेरै यसपटकको दशैं उद्योगी व्यवसायीले कसरी मनाउँदैछन् ?

दशैंमा परिवार सहित आन्तरिक भ्रमण गर्ने छौं ।

हरिभक्त शर्मा

अध्यक्ष, नेपाल उद्योग परिसंघ

दशैंमा आन्तरिक भ्रमणमा निस्कने योजना बनाएका छौं । सामान्य नागरिकले जसरी नै दशैं मनाउने हो त्यस्तो कुनै नयाँ योजना छैन । यसपालीको दशैंमा परिवार सहित आन्तरिक भ्रमण गर्ने योजना छ ।

बिदेशीले नेपालका कयौं ठाउँहरुमा घुम्ने गरेको तर हामी नेपालीहरु भने त्यस्ता स्थानहरुमा नपुगेकाले आन्तरिक भ्रमण गर्ने योजना बनाएको छु । विशेषगरी अन्नपूर्ण वेसक्याम्प, रारालगायतका स्थलमा घुम्न जाने योजना बनाएका छौं ।

यसपटकको दशै चीन र भियतनममा मनाउनेछु

राजेशकाजी श्रेष्ठ

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

यसपटकको दशै विदेशमा गएर मनाउने सोचमा छन् चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ । घरमै दशैं मनाउने योजना बनाएका श्रेष्ठले काम विशेषले गर्दा चीन र भियतनाम जानु पर्ने भए पछि यसपालीको दशैं नेपाल बाहिरनै मनाउने भएका हुन् ।

नेपालमा दशैं मनाउँदा आफन्तकहाँ जाने टिका लाउने आफू भन्दा ठूलाबडाको आर्शिबाद लिने र सानालाई टिका लगाएर घरमा नै मनाउने थिएँ । तर यो पटक विदेश जानु पर्ने भयो । हामी फुलपाती खासै मनाउँदैनौं तर अष्टमी देखी दशमी सम्म पुजापाठ गर्ने र दशमी देखी पूर्णिमासम्म भने आफन्तकहाँ जाने र आफन्तलाई बोलाएर रमाईलो गर्ने गथ्र्यौं । यसपाली भने म आफैले त्यो मौका गुमाउने भएँ ।

परिवारसँगै दशैं मनाएर पुस्तक पढ्ने योजना बनाएको छु

चन्द्रप्रसाद ढकाल

उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ तथा अध्यक्ष आईएमई ग्रुप

नेपालमा आफ्न्तसँगै दशैं मनाउने योजना छ । दशैंको तडकभडक केही हुँदैन । सामान्य रुपमामा नै दशैं मनाइन्छ ।
साथीभाई सँग रमाईलो गर्दै तास खेल्ने र फुर्सदमा केही पुस्तक पढने योजना बनाएको छु । तर कुन पुस्तक पढने भनेर एकिन भने भइसकेको छैन ।

५ जना दाजुभाईसँगै बसेर तास खेल्नेछौं

राजेन्द्र मल्ल

बरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

परिवारसँगै दशैं मनाउने योजना छ । नवरात्रीको नौ दिनसम्म शक्ती पिठहरुमा गई पुजाआज गर्ने र घरकैै सदस्यहरु सँग नै मनाउने बताउँछन । दशैमा ५ भाईसँगै बसेर तास खेल्ने छौं ।

धेरै भयो दाजुभाईसँगै बसेर तास नखेलेको यसपाली भने सबै भाईसँगै खेल्ने योजनामा छौं । साथै पालैपाले ५ भाईकोमा नै जाने र टिका लगाउने छौं ।

परिवारसँगै बसेर दशैं मनाईनछ

विनायक शाह

महासचिव, होटल एशोसिएशन अफ नेपाल (हान)

बिनायक शाहाले परिवारसँगै बसेर दशैं मनाउने भएका छन । मेरो आफ्नै होटल भएकाले पनि होटलमा पनि समय दिनु पर्छ ब्यवसायलाई पहिलो प्राथमिकता दिनु मेरो कर्तब्य होे । यो समयमा बढी ग्राहक आउने भएकाले पनि कतै घुम्ने योजना छैन ।

बिहान बेलुका परिवारलाई समय दिन्छौं बाँकी समय होटललाई दिनु पर्छ । त्यस पछि बाँकी रहेको समय भनेको भर्खरै निस्केको किताबहरु पढने योजना छ ।

स्वदेश तथा विदेशको मनोरम स्थलमा गएर दशैं मनाईन्छ

आरपी पन्त

बरिष्ठ पर्यटनबिद

आरपी पन्तले भने यस पटकको दशैं घरमा नमनाउने भएका छन । दशैंको समयमा विदेश वा नेपालकै कुनै मनोरमस्थलमा गएर दशैं मनाउने बताउँछन् । सानो परिवार छौं देवीदेवतालाई सम्झन्छौं तर मन्दिरनै गएर पुजाआज भने गर्दैनौं उनले भने । मासु खान्छौं तर काटमार गर्दैनौं । किनकि घरमा काटमार गर्ने गरेका छैनौं । त्यसैले पनि यसपालीको दशैं घर बाहिरनै हुन्छ ।

‘दशैंको समय हो थोरै भए पनि विदा मिल्ने भएकाले केही त्यस्ता ठाउँहरुमा घुम्ने हाम्रो योजना बनेको छ जहाँ मनलाई शान्ती मिलोस,’ पन्तले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL