Logo

मन्त्रिपरिषद्को निर्णय : टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

मन्त्रिपरिषद्को निर्णय : टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त



काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई हटाउने निर्णय गरेको होे ।

राजभण्डारीलाई व्यवस्थापकीय काम गर्न नसकेको, विभिन्न कम्पनीसँगको बक्यौता रकम उठाउन नसकेको र संस्था निरन्तर ओरालो लागेको आरोप लगाउँदै शुक्रबार स्पष्टीकरण सोधिएको थियो । उनले आईतबार स्पष्टीकरण बुझाएकी थिईन । तर, उनलाई आज बसेको मन्त्रिपरिषद् बैंठकले हटाउने निर्णय गरेको हो ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा ३ बर्षका लागि नियुक्त भएकी राजभण्डारीलाई २ बर्ष नपुग्दै हटाएको हो ।

उनलाई सरकारले यसभन्दा २ महिना अघि पनि स्पष्टीकरण माग गरेको थियो । त्यतिवेला ६ महिनासम्म काम गर्न दिने र त्यसपछि मात्र स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, सरकारले त्यसको २ महिना नपुग्दै उनलाई हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL