Logo

एयरबस ल्याउन निगमको टोली फ्रान्समा, बिहिबार काठमाडौं आइपुग्ने

एयरबस ल्याउन निगमको टोली फ्रान्समा, बिहिबार काठमाडौं आइपुग्ने



काठमाडौं । निर्माण पछि परिक्षण उडानको क्रममा रहेको एयरबस ३३० लिनका लागि नेपाल वायुसेवा निगमको टोली फ्रान्स लागेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली आइतबार फ्रान्स लागेको हो । यसअघि नै गत हप्ता निगमको एक प्राविधिक टोली फ्रान्स पुगिसकेको छ ।

अमेरिकी कम्पनी एएआरसँग निगमले २०७३ चैत २५ गते दुई ओटा वाईडबडी एयरबस खरिदको सम्झौता गरेको थियो । करिब २२ करोड डलरमा भएको उक्त सम्झौता अनुसार निगमले पहिलो जहाज लिनका लागि फ्रान्स पुगेको हो ।

निगमको उक्त एयरबस असार १४ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले विभिन्न परिक्षण पछि साउनदेखि नै यसबाट व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ ।

२७४ सिट क्षमताको उक्त वाइडबडी मार्फत जापान र दक्षिण कोरिया उडान गर्ने निगमको व्यावसायिक योजना छ । जापानमा हालै भएको हवाई सम्झौता पुनरावलोकन सम्झौता पछि निगमलाई त्यहाँ उडान गर्न पनि बाटो खुला भएको छ । निगमले आफ्नो पहिलो वाईडबडी जहाजलाई अन्नपूर्ण नाम दिएको छ ।

अप्रिलमै वाइडबडी जहाज ल्याइसक्ने योजना भएपनि निगम यसमा करिब दुई महिना ढिला भएको छ । निगमले अर्को जहाज आउन करिब दूई महिना लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL