Logo

सरोकारवाला निकायको लडाईले कुरुप बन्दै काठमाडौं, तार व्यवस्थापनको जिम्मा कसको ?

सरोकारवाला निकायको लडाईले कुरुप बन्दै काठमाडौं, तार व्यवस्थापनको जिम्मा कसको ?


बिजखबर संवाददाता
0
Shares

राङडोल लामा

काठमाडौं । सरोकारवाला निकायले बेवास्ता गर्दा काठमाडौं उपत्यकामा बिजुली तथा केवल अपरेटरको तारले अव्यवस्थित बन्दै गएको छ । नेपाल टेलिकम तथा अन्य केबल अपरेटरले जथाभावी रुपमा पोलमा तारे टागेपछि शहर अव्यवस्थित बन्नुका साथै आगलागीको खतरा समेत बढेको छ ।

उक्त तार व्यवस्थापनमा सम्बन्धित निकायले चासो देखाउनुको सट्टा आरोपप्रत्यारोपमा अल्झिएपछि अझै समस्या थपिँदै गएको छ । उपत्यका भित्र माकुराको जालो झै फिजिएको नेपाल टेलिकम तथा बिभिन्न केबल तथा विद्युत प्राधिकरणको तारहरु व्यवस्थित गर्न नसक्दा काठमाडौं । कुरुप बन्दै गईरहेको छ ।

काठमाडौंको सडक विस्तारका क्रममा बिजुलीको पोलहरु स्थानान्तरण गर्ने तथा तारहरु व्यवस्थित गर्ने भन्दै सरकारले योजना बनाए पनि सरकार परिवर्तनसँगै योजना पनि परिवर्तन हुँदा त्यस्ता योजना अहिले अलपत्र परेका छन । काठमाडौका अधिकांश स्थानमा रहेको विजुलीको पोलहरुमा अव्यवस्थित तार रहेका छन् ।

न्युरोड गेटमा रहेको पोलमा टेलिकम, विभिन्न केवल अपरेटर, बिजुलीलगायतको तारले गर्दा जुनसुकै समयमा विद्युत सट भई दुर्घटना हुने सम्भावना बढेको स्थानीयहरु बताउँछन् । यस्तै, नक्साल चोकमा रहेको बिजुलीको पोलमा पनि यसरी नै विभिन्न केवल अपरेटरका तारहरु जडान गरिएको छ भने कोटेश्वरको चोकमा पनि यसरी नै अव्यवस्थित रुपमा पोलमा तार झुन्ड्याएको छ ।

यी पोल त केवल नमुना मात्र हुन । काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका भित्र यस किसिमका दृश्य जताततै देख्न सकिन्छ । तर, यसरी राखिएका तारहरु व्यवस्थित गर्ने जिम्मेवारी नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले लिनु पर्ने काठमाडौं महानगरपालिकाका सह प्रवक्ता नमराज ढकालले बताए । ‘हाम्रो काम भनेको काटेको तारहरु लगेर डम्पीङ गर्ने मात्र हो,’ उनले भने, ‘त्यसलाई व्यवस्थित गरेर लैजाने काम सम्बन्धित कम्पनी कै हो ।’

तर टेलिकमकका प्रवक्ता प्रतिभा वैद्य भने अव्यवस्थित रुपमा राखिएका तारलाई मिलाउने काम टेलिकमको नभएको बताउँछिन् । विभिन्न पोलमा राखिएको तारमध्य २० प्रतिशत मात्र टेलिकमको छ, अन्य केबल अपरेटरको तारहरु हिस्सा ८० प्रतिशत रहेकोे छ ।’ अन्य कम्पनीले टेलिकमको तारमाथी अरु तार थपेकाले गर्दा व्यवस्थित गर्न कठिनाई भएको उनको गुनासो छ । टेलिकमको तारसँगै अन्य तारहरु पनि अण्डर ग्राउण्ड गर्नु पर्ने भएकाले केही समय लाग्ने उनको भनाइ छ ।

तर, सो कार्यको लागि कति समय लाग्छ भनेर भन्न नसकिने बैद्यले जानकारी ‘तारहरु व्यवस्थित गर्न अहिले हामीसँग पर्याप्त जनशक्ती छैन,’ उनले भनिन्, ‘त्यसको लागि सडक, विद्युत प्राधिकरण, ट्राफिक लगायतका निकायहरुसँग समन्वय गर्नु पर्ने हुन्छ ।’ साथै पोलमा अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थित गर्न टेलिकम र नेपाल विद्युत प्राधिकरण मात्र मिलेर सम्भव नहुने उनी बताउँछिन् । उक्त कार्यका लागि अन्य केवल अपरेटरको दायित्व त्यतिकै रहेको हुँदा उनीहरुसँग पनि सहकार्य गरेर काम गरिरहेको उनले जानकारी दिईन् ।

केही समय यता भने त्यस्ता तारलाई व्यवस्थित गर्न टेकुदेखि नागढुङ्गासम्म अण्डर ग्राउण्ड गर्ने काम शुरु भएको छ । तर, अहिले कलङकीसम्मका लागि मात्र काम शुरु भएको वैद्यले जानकारी दिइन् ।

अव्यवस्थित तारलाई व्यवस्थित गर्न बिभिन्न समयमा मन्त्रिस्तरीय छलफल भएपनि खासै प्रभावकारी हुन सकेको छैन । सुचना तथा संचार मन्त्री मोहनबहादूर वस्नेतको संयोजकत्वमा बसेको वैठकले टेलिफोन, विजुली, केवल र ईन्टरनेटका सेवा सम्वन्धी तारलाई जमिनमुनि विच्छ्याउने लगायतका दिर्घकालिन योजना वनाइएको थियो । सोही अनुरुप टेलिकमले काम अघि बढाएको बैद्यले जानकारी दिइन् ।

महानगरपालिका, सडक विभाग, विद्युत प्राधिकरण र टेलिकमको बेवास्ताका कारण तारको जालोले काठमाडौं अव्यवस्थित बन्दै गएको स्थानीयबासीको गुनासो छ । कती वेला तार सट भएर आगलागी हुन्छ भनेर स्थानीयबासीहरु त्रसित भएको स्थानीय अक्कल तामाङले बताए । दुर्घटना हुनुका साथै बाटोमा हिड्न समेत असहज भएको उनी बताउँछन् ।

कहिलेकाँही त्यसरी अव्यवस्तित रुपमा टाँगिएका तारहरु समेत चोरी हुने गरेको उनको भनाइ छ । तार चोरी भएमा वा तारका कारण दुर्घटना भएमा प्रहरीले उल्टै स्थानीयबासीलाई दोष लगाउने गरेको उनी बताउँछन् । ‘अव्यवस्थित रुपमा राखिएका तार राती कसले चोरेर लैजान्छ थाहा छैन तर, पुलिस आएर नजिकका घरवालालाई केरकार गर्छ,’ उनले भने

प्रतिक्रिया दिनुहोस्
MBL