Logo

विशेष अदालतले दियो नलसिंह गाड आयोजना भ्रष्टाचार मुद्दाको आरोपीलाई सफाई

विशेष अदालतले दियो नलसिंह गाड आयोजना भ्रष्टाचार मुद्दाको आरोपीलाई सफाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विशेष अदालतले नलसिङ गाड जलविद्युत आयोजनाको भ्रष्टाचार मुद्दाका आरोपीहरुलाई सफाई दिएको छ । विशेष अदालतले मंगलबार उनीहरु माथीको रिट विरुद्ध सुनुवाई गर्दै सफाइ दिएको हो ।

नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध दायर भ्रष्ट्राचार मुद्दामा मंगलबार सुनुवाई गर्दै विशेष अदालतले सफाइ दिएको हो ।

उनीहरुले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि परामर्शदाता छनोट प्रकृयामा अनियमितता गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत चैत २० गते उनीहरुबीरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध २७ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा चण्डीराज ढकाल र नारायण पोखरेलको बेन्चले उनीहरुलाई सफाइ दिएको हो । जसमा कुँबर सहित तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालिन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्त, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाल प्रतिनिधी उदिपलाल श्रेष्ठले सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL