Logo

तिहारमा १४ करोडको माला !

तिहारमा १४ करोडको माला !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस बर्ष तिहारमा १४ करोड रुपैयाँ बराबरको माला कारोबार भएको छ । जम्मा १५ लाख माला विक्री भएकोमा १५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसपटक तिहार अलि चाँडै परेकोले बजारमा मालाको अभाव देखिएको फलोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । ‘हामीले १५ लाख माला आवश्यक पर्ने अनुमान गरेका थियौ’ उनले भने ‘तर बजारमा माग बढ्दा मालाको अभाव देखियो ।’

त्यस्तै मालाको मूल्यमा पनि बृद्धि भएको उनले जानकारी दिए । विगतमा स्थानीय किसानहरुले उत्पादन गरेको मालाबाट मागको केही हिस्सा धाने पनि यसपाली भने तिहारमा फूल नफुल्दा बजारमा सयपत्रीको माला अभाव भएको हो ।

स्थानीय उत्पादनले माग धान्न नसक्नेभन्दै ३ लाख ओटा सयपत्री माला आयात गरिएको थियो ।

यता मखमली र गोदावरी फूलको मालाले भने बजारको माग धानेको उनले जानकारी दिए । फ्लोरिकल्चर एशोसिएशनका अनुसार तिहारका लागि ३ लाख मखमली र १ लाख गोबदरी फूलको माला तयार हुन्छ ।

नेपालमो मालाको मूल्य ५५ देखि ७० रुपैयाँ प्रतिगोटासम्म पर्ने अनुमान गरिएपनि तिहारमा समयपत्री फूलको मालाको मूल्य ९० देखि १ सय रुपैयाँ पुगेको थियो । यता मखमली फूलको माला भने २५ देखि ३५ रुपैयाँसम्ममा विक्री भएको थियो ।

तिहारमा मालाको लागि काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काभ्रे, मकवानपुर लगायत जिल्लामा उत्पादित फूलका माला उपत्यका ल्याइन्छ।

प्रतिक्रिया दिनुहोस्
MBL