Logo

कान्छी ‘कमाण्डर पाइलट’ दिव्या, जसले १९ बर्षमै बोइङ उडाइन्

कान्छी ‘कमाण्डर पाइलट’ दिव्या, जसले १९ बर्षमै बोइङ उडाइन्


बिजखबर संवाददाता
0
Shares

पाइलट बन्नु त्यति सजिलो काम होइन । अझ लिङ्गभेदको दृष्टिकोणलाई चुनौती दिदैं महिलाले पाइलट बन्नु त्योभन्दा कठिन हो ।

तर भारतीय पाइलट एन्नी दिव्याको आकाशमा जहाज उडान गर्ने चाहनालाई भने यी कुराले रोक्न सकेन । तीस बर्षिय दिव्या बोइङ ७७७ जहाज उडाउने विश्वकै सबैभन्दा कान्छी महिला पाइलट हुन् । बालापनदेखि आकाशमा उडान भर्ने उनको चाहनाले अहिले उनलाई एयर इण्डियाको वरिष्ठ तहमा पुर्याएको छ ।

सपनाको आकार

‘म सानो उमेरदेखि नै पाइलट बन्न चाहन्थे’ दिव्या भन्छिन् ‘मेरो वरिपरी कोहि पनि पाइलटको विषयमा ज्ञान भएका थिएनन् न त गाइड गर्ने नै । तर म केवल उड्न चाहन्थे’ ।

यो उनको प्रतिबद्धता हो जसले उनलाई सफल बनायो । उनी आफूलाई सहि दिशाको ज्ञान दिने मानिसको खोजिमा थिइन् । संयोगवश एकजना साथीले दिव्यालाई फ्लाइङ स्कुलको विज्ञापन पठाइन र १७ बर्षे उमेरमै उनले आवेदन पनि दिइन् ।

‘र, म चुनिए’ उनी सम्झिन्छिन् । तर यो उनको सिकाइको सुरुवात मात्र थियो । दिव्यासँगै आवेदन दिएका कोही पहिले नै उडानको अनुभव भएका थिए भने कोही उडानसँग जोडिएका परिवारबाट आएका थिए ।

तर दिव्याका लागि यो क्षेत्र अत्यन्तै नौलो थियो, अत्यन्तै ।

‘म सँग उडानको सामान्य पनि ज्ञान थिएन, प्रविधिको पनि थिएन, केहिको पनि थिएन’ उनी भन्छिन् ‘म सँग न त उडानको कुनै पृष्ठभुमि नै थियो, न कसैले गाइड नै गरे । यो क्षेत्र पुरै नौलो थियो मेरा लागि’ ।

सफलताको लागि प्रतिबद्धता

सांस्कृतिक विविधताको अल्झनबीच बाहिर आउनु चुनौतीपूर्ण थियो, दिव्याले यो बुझेकी थिइन् ।

दक्षिणपूर्वी भारतको विजयवाडा हो उनको घर । भारतकै सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा आउँदा उनी वास्तवमै छक्क परेकी थिइन् ।

‘मेरा लागि भाषा, सांस्कृतिक परिवर्तन अझ सानो सहरबाट आएकी हुनाले मैले लगाउने कपडा पनि भिन्न थियो’ दिव्या भन्छिन् ‘ तर बाँकी अरु ठूला र राम्रा सहरबाट आएका थिए र राम्रो स्कुल, कलेज पढेका पनि । मेरा लागि भाषामै समस्या थियो, सांस्कृतिक अवरोध थियो’ ।

दिव्याका लागि यो गाह्रो थियो, तर सफलताका लागि कामप्रतिको उनको लगाव गज्जबकै थियो ।

‘हामी सबैसँग केहि न केहि सफलता र असफलताका कथा छन् । तर हामी जे चाहन्छौं त्यसमा एकाग्रता आवश्यक छ र निरन्तरको अध्ययन पनि’ उनी भन्छिन् ‘ म पाइलट बन्न चाहन्थे र यहिं नै मेरो चाहना थियो । सुरुवातमा मैले खासै राम्रो नगरे पनि यसका लागि म पूर्ण प्रतिबद्ध चाहिं थिएँ’ ।

सहयोगी परिवार

सहयोगी परिवार दिव्याको भाग्य हो ।

‘मेरा अभिवावक निकै सहयोगी हुनुहुन्छ’ दिव्या सुनाउँछिन् ‘उडानका लागि धेरै पैसा चाहिने भएपनि यो उहाँहरुको सहयोग हो जसले गर्दा मैले यो गर्न सफल भए’ ।

निरन्तरको अठोटले दिव्यालाई फ्लाइङ स्कुलमा सङ्घर्षबाट सफलतातिर डोहो¥याउँदै लग्यो । उनले १९ बर्षमै आफ्नो तालिम सकिन् र एयर इण्डियाका लागि काम गर्न सुरु गरिन् ।

‘त्यहिं समयमा मैले जागिर पनि पाएँ र सिक्ने अवसर पनि’ उनी भन्छिन् ‘त्यसपछि म तालिमका लागि स्पेन पुगे र त्यसयताका १० बर्ष मैले ठूला अन्तरराष्ट्रिय उडान गरिरहेकी छु’ ।

एक दशकको उडान अनुभव पछि पनि दिव्याले कहिलेकाहीं यस्ता मानिस पनि भेट्छिन जो महिला पाइलटका रुपमा उनलाई देखेपछि छक्क पर्छन् ।

‘जब म उडानका लागि जान्छु अनि मान्छेहरु मलाई सोध्छन् “के तिमी कमाण्डर नै हौ ?” ’ दिव्या आफ्नो अनुभव यसरी राख्छिन् ‘अनि तिनीहरु भन्ने गर्छन् कि कमm उमेरमै ठूलो जहाज उडाउने !’ ।

उचाइमा उडान

दिव्या आफ्नो उचाइको जागिरको हरेक पक्षसँग सन्तुष्ट देखिन्छिन् ।

‘म मेरो जागिरको हरेक पक्षसँग पे्रममा छु, घुमघाम अनि पाइलटको युनिफर्म पनि’ उनी भन्छिन् ‘हामी विभिन्न एयरपोर्टबाट उडान गर्छौं अनि हरेक दिन नयाँ एयरपोर्टमा उडान गर्छौ । यो कहिले पनि दिक्क लाग्दो हुँदैन । बरु जहिले पनि रोमाञ्चक नै लाग्छ’ ।

यी ‘एयरउमन’ले आफ्नो भविष्यको योजना पनि बनाइसकेकी छन् ।

‘म अहिले आधुनिक प्रविधिसहितका जहाज उडान गर्न चाहन्छु’ उनको चाहना छ ‘मलाई पढाउन पनि रुचि छ, म ट्रेनर बन्न चाहन्छु’ ।

‘म खुसि छु कि मान्छेहरु प्रेरित भएका छन् र उनीहरु आफ्नो चाहना पुरा गर्न चाहन्छन्’ उनी भन्छिन् । पुरुष पाइलट हाबी भएको क्षेत्रमा कम उमेरमै महिला पाइलटको रोल मोडल बन्न पाउनुले पनि उनलाई कतै कतै खुसि दिन्छ ।

‘चाहे केटा हुन् या केटी, सबैले आफ्नो चाहना पुरा गर्नुपर्छ भन्ने मेरो सोंच हो । यदि तिमी पाइलट बन्न चाहन्छौं भने यसप्रति तिम्रो शौख पनि चाहिन्छ’ उनी भन्छिन् ‘यो क्षेत्र नै यस्तो छ कि कहिले जागिर हुन पनि सक्छ र नहुन पनि । त्यसका लागि पनि तिम्रो दृढ चाहना आवश्यक छ । धैर्यता आवश्यक छ’ ।

यति ठूलो सफलता पछि पनि दिव्या आफ्नो करिअर प्रति नरम छिन् ।

‘धेरै मान्छेहरुले धेरै मेहेनत गरेका छन्’ उनको निष्कर्ष छ ‘यो त अवसरले फरक पर्छ । मलाइ लाग्छ म सहि समय र सहि काममा लागे । म वास्तवमै यो काम गर्न चाहन्थे यसका लागि समय पनि ठिक भइदियो र मेरो एयरलाइनले यसका लागि अवसर पनि दियो’ ।

(सीएनएन मनीबाट अनुवादीत)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL