Logo

व्यवसायीले चाहेर पनि समाजका लागि खर्च गर्न पाएका छैनन्

व्यवसायीले चाहेर पनि समाजका लागि खर्च गर्न पाएका छैनन्


रामराजा श्रेष्ठ
0
Shares

राष्ट्रिय व्यवसायीक पहल (एनबीआई)ले आयोजनामा बिहीबारदेखि काठमाडौंमा दोस्रो जिम्मेवार ब्यवसाय सम्मेलनको आयोजना गर्दैछ । व्यवसाय गर्दा सिक्नुपर्ने अन्तरराष्ट्रिय मूल्य र मान्यता, व्यवसाय गर्दाको जिम्मेवारी तथा व्यवसायीले निर्वाह गर्नुपर्ने दायित्वजस्ता विषयमा सम्मेलनले जानकारी गराउने अपेक्षा गरिएको छ । सम्मेलनमा सम्बन्धित क्षेत्रमा ५० भन्दा बढी विज्ञहरुले आफ्नो प्रस्तुती दिनेछन् भने ५ सयभन्दा बढी व्यवसायीहरुको सहभागिता रहने छ । सम्मेलनको तयारी तथा त्यसको उद्देश्यको विषयमा केन्द्रित रहेर सम्मेलनका संयोजक दिपक मलहोत्रासँग गरिएको कुराकानीको सार ः

दोस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्दै हुनुहुन्छ । यसको आवश्यकता किन पर्यो ?

एउटा उद्योगी तथा व्यापारीले देश, समाज र उपभोक्ता प्रति उत्तरदायी भएर स्वच्छ व्यवसाय कसरी गर्ने विषयमा सजक हुनु जरुरी छ । उदाहरणका लागि कुनै उद्योगीले बस्तु उत्पादन गर्दा त्यसको गुणस्तर, मूल्य निर्धारणजस्ता विषयमा सम्बन्धित क्षेत्रप्रति उत्तरदायी हुनुपर्छ । हामी सबैले आ–आफ्नै तरिकाबाट व्यापार व्यवसाय गर्दै आएका छौं तर, अन्तरराष्ट्रिय मूल्य र मान्यता अनुरुप छ छैन भन्ने कुराको जानकारी धेरैमा छैन । यसको जानकारी सम्मेलनले दिनेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तरारष्ट्रिय विज्ञहरुले आ–आफ्नो धारण व्यक्त गर्नेछन् । मुख्य गरी ४ वटा विषयमा हुने सो सम्मेलनमा विभिन्न १६ वटा सहायक विषयमा छलफल राखिएको छ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा ५० जनाभन्दा बढी वक्ता रहनेछन् ।

व्यापार व्यवसायबाहेक आफ्नो जिम्मेवारीका विषयमा जानकारी दिने लक्ष्यसहित सम्मेलनको आयोजना गर्न लागिएको हो । करिब तीन बर्ष अघि पनि यस्तै किसिमको सम्मेलन गरेका थियौं । त्यसैको निरन्तरताकै रुपमा दोस्रो जिम्मेवार व्यवसाय सम्मेलन गर्दैछौं ।

सम्मेलनमा कस्ता वक्ता रहन्छन् ?

विश्वमा नयाँ नयाँ कुराहरुको आविष्कार भइरहेको छ । दैनिकजसो नयाँ प्रविधि भित्रिरहेको छ । त्यसलाई हामीले सैद्धान्तिक र व्यवहारिक रुपमा सिक्नुपर्नेछ ।
हामीले हाम्रो देशको हावापानी अनुसार व्यापार गरेकै छौं । तर, हामीले अन्तरराष्ट्रिय अभ्यास अनुसार व्यवसाय गर्नु जरुरी छ । तसर्थ अन्तरराष्ट्रिय वक्ताहरुले नै आएर सम्बन्धित क्षेत्रको विषयमा चर्चा गर्दा नेपाली उद्योगी व्यवसायीलाई नयाँ विषयमा सिक्ने मौका मिल्नेछ । सम्मेलनमा मलेशिया, सिंगापुर तथा भुटानमा जलविद्युतको विकासमा योगदान पुर्याएका व्यक्तिहरु मुख्य वक्ता हुनेछन् । उनीहरुको अनुभव नै नेपालमा आर्थिक विकासको लागि मार्गर्दशन हुनेछ ।

सम्मेलनका संयोजक दिपक मलहोत्रा
सम्मेलनका संयोजक दिपक मलहोत्रा

एकातिर तपाईहरु जिम्मेवार व्यवसाय सम्मेलनको तयारीमा हुनुहुन्छ अर्कोतर्फ नापतौल तथा गुणस्तरका विषयमा व्यवसायी पक्राउ परिरहेका छन् । यस्तो परिस्थितीमा सम्मेलनको प्रभाव कस्तो रहन्छ ?

यस विषयमा पनि हामीले आवाज उठाइरहेका छौं । तर, नेपालमा अस्थिर सरकार हुनु नै मुख्य समस्या हो । नयाँ नीति नियम बनाउनुभन्दा पनि छोटो समयमा कसरी आफु र आफ्नो पार्टीलाई सक्षम बनाउने भन्नेतर्फ मन्त्रीहरुको ध्यान केन्द्रित हुन्छ । उनीहरुको सोच पार्टी र चुनाव केन्द्रिन हुने गर्छ । एउटा सरकारले ल्याएको नियम अर्को सरकारले कार्यान्वयन गर्दैन ।

अर्को कुरा नियमनको समस्या छ । यदि सरकारले गुणस्तरिय बस्तु उपभोक्ता समक्ष पुर्याउने हो भने साप्ताहिक तथा मासिक रुपमा नियमन गर्नुपर्छ । बेलाबेलामा गुणस्तरको विषयमा व्यवसायीलाई सुसुचित गराउनु पर्छ । तर, नेपालमा बजार नियमन चाडपर्वको बेला भर्नौ या बर्षको एक पटक मात्र हुन्छ । त्यो अवस्थामा कुनै व्यवसायीले सामान्य कमजोरी गर्यो भने पनि कैदी सरह व्यवहार गरिन्छ । उहारणका लागि सुनचाँदी व्यवसायलाई लिन सकिन्छ । सरकारले सुनचाँदीको बर्षको १÷२ पटक अनुगमन गर्छ त्यो पनि उसको मुड अनुसार । त्यतिबेला सामान्य गल्ती भयो भने ठूलै अपराध गरेको जसरी २०÷२२ जना प्रहरी लगाएर पक्राउ गरिन्छ । जसले गर्दा व्यवसायीको मनोबल गिराउनुका साथै व्यवसाय नै धराशायी बनाउने काम भइरहेको छ । अहिले सरकारले केही मिडियाले लेखेको भरमा पनि विना आधारमा पक्राउ गर्ने काम भइरहेको छ । व्यवसायी निर्दोष हुँदाहुँदै पनि पक्राउ गरेर बेइज्जत गर्ने काम भइरहेको छ ।

सम्मेलनको आयोजक राष्ट्रिय व्यावसायिक पहल(एनबीआई)मा धेरै संस्थाहरुको आबद्धता छ । तर, तीनै संस्थाहरुले विभिन्न बहानामा सिण्डिकेट लगाइरहेका छन् भन्ने आरोप छ । किन यस्तो भएको ?

एनबीआई कुनै पार्टीसँग आबद्धता नरहेको स्वतन्त्र संस्था हो । विभिन्न कारणले गर्दा स्थापना भएको १२÷१३ बर्ष भएपनि विभिन्न कारणले गर्दा लक्ष्य अनुरुप सबै काम गर्न सकेको थिएन । हरेक क्षेत्रमा सुधारका लागि क्रमश काम गर्दै आएका छौं । सबै ठाउँमा एकैपटक सुधार ल्याउन सकिँदैन । विस्तारै सुधार गर्ने हो । एनबीआईले उठाएको संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर)लाई सरकारले भर्खरै मात्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । यसैगरी सम्मेलनमा सिण्डिकेटलाई हटाएर कसरी स्वच्छ व्यवसाय गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

एनबीआईले सीएसआरको सन्दर्भमा आफूले अपनत्व लिने प्रयास गर्छ । तर, नेपालमा अहिलेसम्म पनि यसको खास कार्यान्वयन भएको पाइदैंन नि ?

अहिले नेपालमा चाहेर पनि सामाजिक उत्तरदायित्व खर्च गर्न पाइँदैन । त्यसमा एउटा सिमा लगाइएको छ । कुनै व्यसायीले आफ्नो कमाइको निश्चित प्रतिशत रकम सिएसआरमा खर्च गर्न चाह्यो भने त्यसमा कानुनी बन्धन लगाइएको छ । कतिसम्म सिएसआरमा खर्च गर्न पाइन्छ भन्ने सिमा तोकिएको छ । जसले गर्दा व्यवसायीले सिएसआर अन्तरगत ठूला ठूला समाजिक काम गर्न सकिरहेका छैनन् ।

जसका लागि राष्ट्रिय व्यावसायीक पहल (एनवीआई)ले सिएसआरलगाएत धेरै क्षेत्रमा काम गर्दै आएको छ । यस संस्थाले कुनै पनि कम्पनीले कमाएको निश्चित रकम सिएसआरमा खर्च गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएको छ । अहिले त्यही विषयलाई सम्बोधन गर्दै नेपाल सरकारले पनि कुनै पनि संस्थाले आफ्नो कमाइको १ प्रतिशत रकम सिएसआरमा खर्च गर्नुपर्ने गरी ऐन ल्याएको छ ।

कतिपय साना व्यवासीले सिएसएरमा एक प्रतिशत रकम छुट्याउँदा त्यो ज्यादै न्युन हुन जान्छ । एनबीआईले त्यस्ता संस्थाहरुसँग सिएसआर बापतको रकम संकलन गरी ठूला ठूला समाजिक काममा लगाउने सोच पनि बनाएको छ । जसले गर्दा सिएसआरले मुर्त रुप लिनेछ । यो सम्मेलनले सिएसआरको विषयमा भएको अन्तरराष्ट्रिय मूल्यमान्यता तथा नेपालमा त्यसलाई कसरी कार्यान्वयनमा ल्याउने सकिन्छ भन्ने विषयको जानकारी दिने छ ।

सम्मेलनमा सयौं व्यवसायीको उपस्थिती हुने दाबी गर्नुभएको छ । यसबाट व्यवसायीले चाहिँ के पाउछन् त ?

पहिलो कुरा त व्यवसाय संचालन सम्बन्धी चेतनाको विकास नै हो । जिम्मेवार व्यवसाय भनेको के हो ? व्यवसाय संचालन गर्दा कोको प्रति जिम्मेवार हुनुपर्छ ? र आफ्नो दायित्व के हो भन्ने विषयमा जानकारी गराइन्छ । जहाँ नेपालको मात्र नभई अन्तरारष्ट्रिय मूल्य र मान्यताको विषयमा पनि छलफल हुनेछ । विशेष गरी सम्मेलनमा ४ वटा मुख्य थिममा विभिन्न १६ वटा विषयमा छलफल गराइने छ । जहाँ व्यवसायमा गर्न हुने वा नहुने विषय देखि व्यवसायमा देखिएका समस्या समाधानका बाटो समेत देखाइने छ । सम्मेलनमा जुन किसिमका वक्ताहरु आउँदैहनुहन्छ उनीहरुको काम गराइको शैली र भोगाइबाट नयाँ व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई पनि मार्गदर्शन गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL