Logo

१० महिनामा १२ खर्बको व्यापारघाटा, निर्यात व्यापार २४ प्रतिशतले घट्यो

१० महिनामा १२ खर्बको व्यापारघाटा, निर्यात व्यापार २४ प्रतिशतले घट्यो



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको १० महिनामा १२ खर्ब बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाख मसान्तसम्म नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको हो । यो व्यापारघाटा गत बर्षको यहि अवधिको तुलनामा भने १५ प्रतिशतले कम हो । गत बर्षको यहि अवधिमा नेपालले १४ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरीसकेको थियो ।

यता नेपाललको निर्यात व्यापार पनि गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले घटेको भन्सार विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार चालु आवको १० महिनामा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ । गत बर्षको यहि अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरिसकेको थियो ।

नेपालले चालु आवको १० महिनामा निर्यात मात्रै नभई आयातको व्यापार पनि घटाएको छ । विभागको तथ्यांकलाई आधार मान्दा गत आवको पहिलो १० महिनाको तुलनामा नेपालले चालु आवको सोही अवधिमा आयात व्यापार १६.७८ प्रतिशतले घटाएको छ । आर्थिक क्षेत्रमा देखिएको संकुचनसँगै सरकारले आयातमा प्रतिवन्धात्मक व्यवस्था लागु गर्दा चालु आवमा आयातको व्यापार र व्यापारघाटामा गत आवको तुलनामा नियन्त्रण भएको विज्ञहरु बताउँदै आएका छन् ।

नेपालले चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । जबकी नेपालले गत आवको यहि अवधिमा १६ खर्ब ४ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL