Logo

मन्दी पछ्याइरहेको अमेरिकी अर्थतन्त्र अनुमान गरेभन्दा बलियो, हुन सक्ला सफ्ट ल्यान्डिङ ?

मन्दी पछ्याइरहेको अमेरिकी अर्थतन्त्र अनुमान गरेभन्दा बलियो, हुन सक्ला सफ्ट ल्यान्डिङ ?



काठमाडौं । सन २०२२ को अन्तिम त्रैमास अर्थात सेप्टेम्बरदेखि डिसेम्बरसम्म मात्रै अमेरिकाको बार्षिक आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्यो । अघिल्लो बर्षको यहि अवधिमा अमेरिकामा घरको विक्री तथा निर्माण क्षेत्रमा देखापरेको मन्दीका कारण यस्तो वृद्धिदर ३.२ प्रतिशतभन्दा तलै थियो । २०२२ मा पनि रोजगार बजारमा आएको गिरावटका कारण अमेरिकी अर्थतन्त्रले मन्दीको सामना गर्नुपर्ने चिन्ता केहि विश्लेषकहरुले गरेका थिए ।

अमेरिकामा बेरोजगारी दर इतिहासकै तल्लो विन्दुमा पुगेको थियो, तर, अर्थतन्त्रका केहि क्षेत्रहरु कमजोर भईरहेका थिए । डिसेम्बर अर्थात यो महिनालाई अमेरिकामा उपभोक्ताले अधिक खर्च गर्ने महिनाको रुपमा चिनिन्छ, यहि महिनामा खुद्रा व्यापार अघिल्लो महिनाको तुलना १.१ प्रतिशतमा झर्याे ।

उत्पादनमुलक क्षेत्र पनि त्यसैगरी बिमारी पर्याे जसरी सेयर बजारमा गिरावट आयो । बिहीबार सार्वजनिक भएको एक प्रतिवेदन अनुसार अमेरिकामा घरको कारोबारमा बढ्दो ब्याजदरको प्रभाव देखिएको छ । पछिल्लो ३ महिनाको तथ्यांकलाई हेर्दा अमेरिकामा घरको कारोबार बार्षिक २७ प्रतिशतमा पुगेको छ ।

तर, पनि अमेरिकी अर्थतन्त्रमा केहि सहुलियत पुर्याउने उपभोक्ता खर्च सूस्त रुपमा जारी छ । एक बर्षकै कुरा गर्दा २०२२ मा अमेरिकाको आर्थिक वृद्धिदर २.१ प्रतिशत पुथ्ग्यो । गत बर्षभन्दा यो कम हो । कोरोना महामारीको चपेटाबाट बाहिर आएपछि अमेरिकाका आर्थिक वृद्धिदर गत बर्ष ५.९ प्रतिशत पुगेको थियो । जुन १९८४ यताकै तिव्र वृद्धिदर थियो ।

जसले अमेरिकामा विभिन्न वस्तुको मूल्य उच्च बढाउन सहयोग गर्याे । यसलार्य नियन्त्रण गर्न अमेरिकी फेडरल बैंकले हस्तक्षेपकारी भूमिका खेल्यो र ब्याज उच्च रुपमा वृद्धि गरी शुन्यदेखि ४ प्रतिशतसम्म पुर्याइयो, जुन १५ बर्षयताकै उच्च हो ।

बरोइङग लागत बढेसँगै केन्द्रिय बैंकले उपभोक्तालाई कम खर्चब बढी बचत गर्ने सन्देश दियो । जसका कारण बजारमा मूल्यवृद्धि घट्ने अपेक्षा गरिएको थियो । तर, यसले झन अन्य क्षेत्रमा पनि मन्दीको समस्या निम्त्याईदियो । जसका कारण लाखौं मानिसले आफ्नो रोजगारी नै गुमाउन पुगे ।

ठुला उत्पादनमुलक कम्पनीहरु र प्रविधि कम्पनीहरुले लगातार कामदारहरु कटौति गरिरहेका छन् । तर, केहि रेष्टुरेन्ट र होटलहरुले भने अझै स्टाफ थपिरहेका छन् ।

फेडका अधिकारीहरुका अनुसार सेवा क्षेत्रका व्यवसायहरुले अर्थतन्त्रको प्रमुख सूचक मानिने रोजगारीमा केहि आशा थपिदिएका छन् । यिनीहरुकै कारण धेरैजसो रोजगारीहरु सिर्जना हुने देखिन्छ । जसका कारण पनि अमेरिकी अर्थतन्त्रले सफ्टल्याण्ड गर्न सक्ने उनिहरुको दावी छ । अनुवादित

प्रतिक्रिया दिनुहोस्
MBL