Logo

कहाँ पुग्ला सुनको भाउ ? अन्तराष्ट्रिय विज्ञ भन्छन-यो वर्ष २२ प्रतिशतसम्म घटन सक्छ

कहाँ पुग्ला सुनको भाउ ? अन्तराष्ट्रिय विज्ञ भन्छन-यो वर्ष २२ प्रतिशतसम्म घटन सक्छ



काठमाडौं । अहिले नयाँ रेकर्डको बाटोमा दौडिरहेको सुनको सुनौलो यात्राको सन्दर्भमा सबैभन्दा ठूलो प्रश्न यो हो कि अब मूल्य कुन दिशामा जान्छ ? महँगो वा सस्तो ?

यी प्रश्नहरूको जवाफ खोज्न केही विश्वका विज्ञहरूको विचारलाई विश्लेषण गरिएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २२ प्रतिशतसम्म घट्न सक्ने विश्व विश्लेषकहरुको अनुमान छ । यही समयमा समयमा, विज्ञहरुका अनुसार भारतमा भने सुन ८ देखि १० प्रतिशतसम्म महँगो हुन सक्छ ।

क्यापिटल इकोनोमिक्सको प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति श्रृंखलामा सुधार आउन थालेको जनाएको छ । सुन खानीमा काम बढेको छ । अमेरिका, बेलायत जस्ता देशमा मुद्रास्फीति घट्न थालेको छ । जसका कारण लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । यस्तो अवस्थामा सुनको माग कमजोर हुने अनुमान गरिएको छ ।

विश्वभरका २० ठूला विश्लेषकहरूमध्ये १३ जनाले सुनको मूल्य ५–२२%ले घट्ने विश्वास गरेका छन् । २० प्रमुख वित्तीय संस्थाहरूमध्ये १३ र विश्वभरका विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य ५–२२%ले घट्ने अनुमान गरेका हुन् । यसमा विश्व बैंक, क्रेडिट सुइस र क्यापिटल इकोनोमिक्स जस्ता ठूला संस्थाहरू पर्छन् ।

किन घट्छ मूल्य ?

विज्ञहरुका अनुसार अक्टोबर–डिसेम्बरमा अस्ट्रेलियामा सुन खानी १२ प्रतिशतले बढेको छ भने अमेरिका, युरोप र चीनमा सुनको खपत घट्ने अनुमान गरिएको छ । मुद्रास्फीति बिस्तारै घट्दै गएको छ । २० मध्ये ३ संस्थानहरू (बैंक अफ अमेरिका, बीसीए, आईएनजी) ले मूल्य प्रति १० ग्राम सुनको मूल्य ८८ हजार रुपैयाँ वरिपरि हुने विश्वास गर्छन् ।

मूल्य किन बढन सक्छ ?

२० मध्ये ४ संस्थाहरू (स्टाण्डर्ड चार्टर्ड, पियरे लैसोंडे, सैक्सो बैंक, रबर्ट कियोसाकी) ले दुई गुणासम्मले सुनको भाउ बढ्ने विश्वास गर्छन् । जसको कारणमा मन्दीको डरले सुनको माग बढ्नेछ किनकि मुद्रास्फीति अझै दुई वर्षमा मात्र घटने छ भने चीनबाट आपूर्ति अवरुद्ध हुनेछ । युक्रेन युद्धका कारण बजार घट्ने र सुनको माग बढ्ने विश्लेषकको भनाई छ ।

भारतमा भने सुनको मूल्य थप बढन सक्ने केडिया एडभाइजरीका निर्देशक अजय केडिया बताउँछन् । उनका अनुसार भारतमा सुन १० ग्रामको १ लाख रुपैयाँ पुग्न सक्छ । किनभने भारतमा गाउँबाट माग बढ्ने छ । सुनमा १५ प्रतिशत आयात शुल्कले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटाउन खासै असर नगर्ने उनको दाबी छ । रुपैया कमजोर भएकाले सुनका लागि थप डलर तिर्नुपर्ने केडिया बताउँछन् ।

वर्षको पहिलो महिना अर्थात जनवरीमा सुनको चमक लगातार बढ्दै गएको र त्यसको परिणामस्वरुप यसले मूल्यमा लगातार रेकर्ड कायम गरिरहेको छ । मंगलबार सुनको भाउले हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL