Logo

वैदेशिक व्यापारको अर्धबार्षिक समीक्षा, ६ महिनामा ७ खर्ब १० अर्ब बढीको व्यापारघाटा

वैदेशिक व्यापारको अर्धबार्षिक समीक्षा, ६ महिनामा ७ खर्ब १० अर्ब बढीको व्यापारघाटा



काठमाडौं चालु आर्थिक बर्षको पहिलो ६ महिना अर्थात गत साउनदेखि पुष मसान्तसम्म झण्डै ८ खर्बको वस्तु आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार पहिलो आधा बर्षमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

laxmi

यस्तै यस अवधिमा नेपालले निर्यात भने जम्मा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको गरेको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार यसरी निर्यातको व्यापारभन्दा आयातको व्यापार उच्च हुँदा ६ महिनामा नेपालले ७ खर्ब ११ अर्ब ८५ करावेड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।

विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापारसँगै आयात निर्यात, व्यापारघाटालगायतमा गत आवको सोही अवधिको तुलनामा गिरावट आएको छ । तथ्यांक अनुसार यस अवधिमा गत आवको सोही अवधिको तुलनामा व्यापारघाटामा १९ प्रतिशतको गिरावट आउँदा आयातमा २० र निर्यातमा ३२ प्रतिशतको गिरावट आएको छ ।

यसरी वैदेशिक व्यापारका सबै सुचकहरु ओरालो लागेसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि १२.९६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL