Logo

अर्थतन्त्रको डायग्नोसिस गर्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाई, सरोकारवालाहरु भन्छन्-उत्पादन बढाउनुपर्छ

अर्थतन्त्रको डायग्नोसिस गर्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाई, सरोकारवालाहरु भन्छन्-उत्पादन बढाउनुपर्छ



काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रकोडायग्नोसिस गर्नुपर्ने अवस्था आएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ नामक अन्तरक्रिया कार्यक्रममा उनले अर्थतन्त्र चिन्ताजनक अवस्थामा भएकाले यसको चिरफार आवश्यक रहेको बताएका हुन् । उनले वर्तमान सरकारको ध्यान नै हालको अर्थतन्त्रको समस्या समाधानतर्फ ध्यान रहेको बताएका छन् । ‘राजस्व परिचालन चिन्ताजनक अवस्थामा छ यसलाई कसरी सुधार गर्ने भनेर हामी लागिपरेका छौं,’ उनले भने, ‘सरकार आर्थिक रूपमा मितव्ययी बन्दैछ , निजीक्षेत्रलाई सरकारले साझेदारको रूपमा लिनुपर्छ ।’

laxmi

कार्यक्रममा अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि राजस्व संकलनमा आएको संकुचनले अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको बताएका छन् । उनले विश्व अर्थतन्त्रमा मन्दीको समस्या निम्तिन लागेको भन्दै यसका कारण नेपालमा पनि मूल्यवृद्धिमा उच्च चाप पर्ने बताए । यसको अवस्था निम्तिन नदिन आर्थिक रुपमा सबल बन्न राजस्व उठौतिमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले अहिलेको कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्नेसमेत दाबी गरे । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनु भन्दा पनि चार्टर एकाउन्टेन्ट ९सिए० हरुलाई हायर गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने उनको भनाई थियो । यस्तै उनले राजस्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढेको भन्दै नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिदै सकिने गरेको बताए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाली अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन उत्पादनमा बिशेष जोड दिनुपर्ने बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले बैंक ब्याजदर घटाएको प्रसंग जोड्दै उनले ब्याजमात्रै नघटाई उत्पादनमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाई थियो । बैंकको ब्याजदर घट्नेवित्तिकै उत्पादनमुलक क्षेत्रमा यसको प्रवाह गरी औद्योगिक कच्चापदार्थ, कृषि उपजलगायतको उत्पादनमा जोड दिई आयात घटाउन पहल गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले अपार सम्भावनाका बीच पनि अर्थतन्त्रले गति लिन नसकिरहेको कारण पत्ता लगाई सोहीअनुसार निराकरण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै मल्लले स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने, युवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीको ग्यारेन्टी दिनुपर्ने, पर्यटन क्षेत्रको विस्तारमा विशेष पहल गर्नुपर्नेलगायतका विषय राखेका थिए । उनले उत्पादन वृद्धि गरि व्यापारमा आएको असन्तुलनको निराकरण गर्नुपर्नेमा सरोकारावालाहरुको ध्यान पुग्नुपर्ने पनि बताए ।

यस्तै उनले अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए। पछिल्लो समय अवैध व्यापार बढेका कारण भन्सार राजस्व घटेको, कृषि उत्पादन घटेको तथा कृषि कर्जाको प्रभावकारिता नदेखिएको उनको भनाई थियो ।

उनले हस्तकलाका सामग्री ब्रान्डिङमा सहयोग गर्नुपर्ने, पर्यटन सेवालाई प्रवद्र्धन गर्ने, नेपाललाई सूचना प्रविधि क्षेत्रको हब बनाउन पहल गर्नसके अर्थतन्त्रका हालका समस्या समाधन गर्न सकिने र भविष्यको बाटो तय गर्नका लागि पनि सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL