Logo

बढ्यो रेमिट्यान्स आप्रवाह, ५ महिनामा पौने ५ खर्ब भित्रियो

बढ्यो रेमिट्यान्स आप्रवाह, ५ महिनामा पौने ५ खर्ब भित्रियो



काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबर सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्षको उक्त अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमाविप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो ।

laxmi

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL