Logo

जीवन बीमा कम्पनीले मंसिरमा आर्जन गरे साढे १३ अर्ब बीमाशुल्क, ५ महिनामा साढे ५९ अर्ब संकलन

जीवन बीमा कम्पनीले मंसिरमा आर्जन गरे साढे १३ अर्ब बीमाशुल्क, ५ महिनामा साढे ५९ अर्ब संकलन



काठमाडौं । जीवन बीमा कम्पनीहरुले गएको मंसिर महिनामै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले १० लाख १ हजार १ सय ९९ बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

मंसिर महिनामा सबै जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क अन्तर्गत २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ संकलन गर्दा नविकरणीय बीमामार्फत ११ अर्ब ३५ करोड बढी संकलन गरेका हुन ।

यस सँगै चालु आर्थिक बर्षको मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबर पुगेको छ । यो अघिल्लो महिना कार्तिकको तुलनामा २९ प्रतिशतले बढी हो । कार्तिक महिनासम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्यारेन्सले १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै यस अवधिमा नेशनल लाइफ इन्स्यारेन्सले ६ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी दोस्रो स्थान कायम गरेको छ । यसै अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५६ करोड १२ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब २ करोड ५१ लाख, मेट लाइफ इन्स्यारेन्सले २ अर्ब ९ करोड ५८ लाख र एशियन लाइफ इन्स्यारेन्सले २ अर्ब ८० करोड ४८ लाख र गुँरास लाईफ इन्स्यारेन्सले १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

तथ्यांक अनुसार यस अवधिमा आइएमई लाइफ इन्स्यारेन्सले १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क उठाउँदा युनियन लाइफ इन्स्यारेन्सले ३ अर्ब ३ करोड ३१ लाख, ज्योति लाइफ इन्स्यारेन्सले १ अर्ब ४३ करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्यारेन्सले १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै रिलायन्स लाइफ इन्स्यारेन्सले १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा रिलायबलले १ अर्ब ४३ करोड ३१ लाख, सिटिजन लाइफ इन्स्यारेन्सले २ अर्ब २० करोड २८ लाख, सानिमा लाइफ इन्स्यारेन्सले १ अर्ब २३ लाख, प्रभुले ८२ करोड ५३ लाख र महालक्ष्मी लाइफले ६२ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL