Logo

५ महिनामा सवा ७ अर्बको मकै आयात, चामल खरिदमा बाहिरियो साढे १२ अर्ब

५ महिनामा सवा ७ अर्बको मकै आयात, चामल खरिदमा बाहिरियो साढे १२ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालले सवा ७ अर्ब रुपैयाँ बराबरको मकै आयात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनयता मंसिर मसान्तसम्म नेपालले ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ बराबरको मकै आयात गरेको हो । विभागका अनुसार नेपालले यस अवधिमा १७ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको मकै आयात गरेको हो । नेपालमै उत्पादन हुने मकै पछिल्लो समय भारतलगायतका देशहरुबाट निर्यात गर्नुपर्दा नेपालको व्यापारघाटामा खाद्यान्नको हिस्सा लगातार बढिरहेको छ ।

laxmi

नेपालमै उत्पादनको प्रचुर सम्भावना रहेको मकै उत्पादनभन्दा बढि खपत हुन थालेपछि पछिल्ला केहि बर्षदेखि आयातको भर पर्नुपरेको देखिन्छ । खासगरी गाईवस्तु र कुखुराको दाना बनाउने काममा प्रयोग हुने मकै नेपालमा अर्जेन्टिना, चीन, भारत, क्यानडा, ब्राजिल, इन्डोनेशियालगायतका देशबाट आयात हुने गरेको छ ।

नेपालमा करिव साढे ९ लाख हेक्टर क्षेत्रफलमा मकै खेति हुने गरेको छ । तर, धेरैजसो व्यवसायीहरु गाईवस्तुको दाना उत्पादनका लागि विदेशबाट मकै ल्याउँदै आएका छन् । गाईवस्तुको दाना उत्पादनमा ७० प्रतिशत मात्रा मकैको आवश्यकता पर्दछ ।

भन्सार विभागकै तथ्यांकलाई आधार मान्दा चालु आवको पछिल्लो ५ महिनामा सबैभन्दा बढी मकै भारतबाट आयात भएको छ । तथ्यांक अनुसार यस अवधिमा भारतबाट मात्रै ६ अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको १६ करोड ८४ लाख किलो मकै आयात भएको छ । यस्तै यसै अवधिमा दक्षिण अफ्रिकाबाट ९ करोड १३ लाख, अमेरिकाबाट ५८ लाख, मलेसियाबाट ३३ लाख र अर्जेन्टिनाबाट २० लाख रुपैयाँ बराबरको मकै आयात भएको देखिन्छ ।

मकै आयातसँगै नेपालमा बर्षेनी खाद्यान्न आयातको ग्राफ उकालो लाग्दो छ । भन्सार विभागका अनुसार ५ महिनामा नेपालले २० अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको अन्न आयात भएको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भने चामल आएको देखिन्छ । भन्सार विभागका अनुसार चालु आवको ५ महिनामा १२ अर्ब ६५ करोड ५१ लाख रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।

यस्तै यस अवधिमा नेपालले ६ करोड ५८ लाख रुपैयाँ बराबरको गहुँ, ६५ लाख बराबरको जौ, १ करोड १५ लाख रुपैयाँको कोदो, ४२ लाख रुपैयाँ बराबरको चिनु र १७ हजार रुपैयाँ बराबरको जुनेलो आयात गरेको छ । यस अवधिमा नेपालले २८ करोड २१ लाख किलो धान चामल आयात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL