Logo

नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने एडीबीको प्रक्षेपण, आयात र मुद्रास्फीतिको दवाव रोक्न आवश्यक

नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने एडीबीको प्रक्षेपण, आयात र मुद्रास्फीतिको दवाव रोक्न आवश्यक



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन २०२२ सार्वजनिक गर्दै एडीबीले गत आर्थिक बर्षको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशतको हुने प्रक्षेपण गरेको थियो ।

चालु आर्थिक बर्षमा कडा मौद्रिक नीतिमार्फत उच्च आयात, वैदेशिक मुद्रा संचिति र मुद्रास्फीतिमा परेको दवाव रोक्न सके उक्त आर्थिक वृद्धिदर हाँसिल हुने बताईएको छ ।

यस्तो प्रक्षेपण गरिएपनि आयातमा लगाईएका प्रतिवन्ध, बढिरहेको डेंगुको प्रकोप, कोरोनाबाट थिलथिलो अर्थतन्त्रले भने आर्थिक वृद्धिका केहि असर पार्ने नेपालका लागि एडीबीका देशिय निर्देशक आर्नड काउचोइसले बताए । उनका अनुसार आन्तरिक उत्पादनमा आयात प्रतिवन्ध अनुसारकै उत्पादन गर्न सके मात्रै नेपालको आर्थिक वृद्धिदर सोचेअनुसार हुनेछ ।

प्रतिवेदनमा गत आवको तुलनामा यसपालीको मनसुनका कारण कृषि क्षेत्र सकारत्मक देखिएपनि समयमै मलको परिपुर्ति नहुँदा धानको उत्पादनमा भने केहि प्रभाव पर्न सक्ने उल्लेख छ । यस्तै जलविद्युतलगायतका ओद्योगिक क्षेत्रमा भएको वृद्धि भईरहेको छ । यसले पनि अर्थतन्त्रमा केहि सकारात्मक छाप छोड्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतलगायत अन्तरराष्ट्रिय बजारमा घटेको तेलेका मूल्यका कारण नेपालको मुद्रास्फीति भने करिव ६.१ प्रतिशतमा सीमित रहने एडीबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL