Logo

चार बर्षमा विश्वमा करोडपतिको संख्या दोब्बरले बढ्ने, सबैभन्दा बढी चीनमा थपिँदै

चार बर्षमा विश्वमा करोडपतिको संख्या दोब्बरले बढ्ने, सबैभन्दा बढी चीनमा थपिँदै



काठमाडौं । आगामी ४ बर्षमा अर्थात सन २०२६ सम्म विश्वका करोडपतिको संख्या दोब्बरले बढ्ने देखिएको छ । मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदन अनुसार विश्व अर्थतन्त्रमा देखिएको मन्दीको डर, घनाढ्यहरुको सम्पत्ति संकुचन तथा लगातार बढ्दो ब्याजदरका बाबजुद पनि ४ बर्षमा करोडपतिको संख्या दोब्बरले बढ्ने देखिएको हो ।

सन २०२१ को आँकडालाई हेर्दा विश्वभर ६ करोड २५ लाखको हाराहारीमा करोडपति छन् । ग्लोबल स्विस रिसर्च ईन्स्टिच्युटको ग्लोबल वेल्थ रिपोर्ट २०२२ अनुसार उक्त आँकडा अबको ४ बर्षपछि करिव ४० प्रतिशतले बढेर ८ करोड ७५ लाख पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो समय एशियाली मुलुक चीन, जापान, कोरिया र केहि युरोपीयन मुलुक बेलायत र फ्रान्सको प्रक्षेपित वृद्धिदरलाई आधार मान्दा यस्तो आँकडा आउने मंगलबार प्रकाशित गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

त्यसमध्ये पनी चीनले भने सबैभन्दा बढी करोडपति उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा चीनले आफ्ना हाल भउका ६२ लाख करोडपतिमा थपेर १ करोड २२ लाख करोडपति पुर्याउने देखिएको छ । यस्तै यसै अवधिमा अमेरिकाले भने ३२ लाख करोडपति थप्ने सक्ने आँकलन गरिएको छ ।

उच्च मूल्यवृद्धि, रुस युक्रेन युद्धलगायतका कारणका वावजुद पनि विश्वको कुल सम्पत्ति लगातार बढिरहने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको तुलनामा व्यक्तिगत सम्पत्ति भने चिनियाँ नागरिकले बढी आर्जन गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिबेदले अर्वपतिहरुको आँकडामा पनि केहि अध्ययन गरेको छ । अमेजोनका मालिक, फेसबुकका संस्थापकलगायतजस्ता अर्वपतिको अध्ययन गर्दा हाल अमेरिका एक्लैले यस्ता १ लाख ४० हजार जना अति धेरै सम्पत्ति भएका व्यक्तिहरु राखेको छ ।
चीनमा भने यस्ता व्यक्तिहरु जम्मा ३२ हजार ७ सय १० जना र जर्मनीमा ९ हजार ७ सय २० जना छन् ।

विश्वभरीको कुरा गर्दा हाल ५ करोड डलरभन्दा माथि सम्पत्ति भएका २ लाख ६४ हजार २ सय जना, १ करोडदेखि ५ करोड डलरसम्म सम्पत्ति भएका २७ लाख २२ हजार ६ सय १० जना र ५० लाखदेखि १ करोड डलरसम्म सम्पत्ति भएका ५३ लाख ७० हजार ९ सय ५० जना छन् । यस्तै हालसम्म विश्वमा १० लाखदेखि ५० लाख डलरसम्म सम्पत्ति भएका धनाढ्यहरु भने ५ करोड ४१ लाख २५ हजार ६ सय १० जना छन् । मार्केटवाचबाट अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL