Logo

एसियाका सबैभन्दा धनी अडानीलाई कोइला संकट बन्यो अवसर, यसरी कमाउँदैछन

एसियाका सबैभन्दा धनी अडानीलाई कोइला संकट बन्यो अवसर, यसरी कमाउँदैछन



काठमाडौं । पछिल्लो समय रसिया युक्रेन युद्ध तथा पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण विश्वव्यापी रुपमा कोइलाको माग बढिरहेको छ । भारतमा अहिले कोइला संकट चलिरहेको छ र त्यसलाई हटाउन भारतले हतारमा विदेशबाट कोइला आयात गरिरहेको छ ।

तर, यो संकट भारतीय धनाढ्य गौतम अडानीलाई भने थप धन कमाउने अवसरका रुपमा आएको छ । ब्लूमबर्गको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भारत र एसियाका सबैभन्दा धनी गौतम अडानीले यसबाट धेरै फाइदा लिइरहेको दाबी गरिएको छ । स्रोतका अनुसार सरकारी स्वामित्वको एनटीपीसीले २ करोड टन कोइला आयात गर्न अर्डर दिएको छ । जसमध्ये १ करोड ७३ लाख टन कोइला आयातको अर्डर अदानी समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेज लिमिटेडलाई प्राप्त भएको छ । एनटीपीसीले यो वर्ष अहिलेसम्म ७० लाख टन विदेशी कोइला प्राप्त गरेको छ ।

अडानी समूह र एनटीपीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । चर्को गर्मी र कोरानाको प्रकोप कम भएसँगै औद्योगिक गतिविधिहरु फर्किएपछि भारतमा बिजुलीको माग रेकर्ड स्तरमा पुगेको थियो ।

त्यसपछि उर्जा केन्द्रमा केही दिन मात्र कोइला बाँकी थियो । यसका लागि सरकारले कम्पनीहरूलाई कोइला आयात गर्न भनेको थियो । कोल इन्डियाले जुनमा कोइला आयातका लागि टेन्डर जारी गरेको थियो । कोल इन्डियाबाट यस्तो टेन्डर यो पहिलो थियो ।

अडानीको कम्पनीलाई फाइदा

ब्लूमबर्ग इन्टेलिजेन्स विश्लेषक डेनिस वोंगले सोमबार एक नोटमा भनका छन् कि अडानीको पोर्ट कम्पनीले कोइला आयातमा भएको वृद्धिबाट फाइदा उठाएको छ र त्रैमासिकमा यसको राजस्व बढ्न सक्छ । उनले विद्युत उत्पादन कम्पनीसँगको निश्चित सम्झौता र बलियो यातायात सञ्जालका कारण कम्पनीले यसबाट फाइदा लिन सक्ने बताए । आयातका कारण पछिल्लो एक महिनामा विद्युत केन्द्रमा कोइलाको भण्डार करिब ११ प्रतिशतले बढेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL