Logo

रसियाका म्याकडोनाल्ड रेष्टुरेन्ट अब रसियन स्वामित्व र ब्राण्डमा : ‘टेस्टी’ नाममा नयाँ ट्यागलाइन-‘नाम परिवर्तन हुन्छ, माया रहन्छ’

रसियाका म्याकडोनाल्ड रेष्टुरेन्ट अब रसियन स्वामित्व र ब्राण्डमा : ‘टेस्टी’ नाममा नयाँ ट्यागलाइन-‘नाम परिवर्तन हुन्छ, माया रहन्छ’



काठमाडौं । रुस–युक्रेन युद्धका कारण पछिल्ला महिनाहरूमा धेरै परिवर्तन भएको छ । रुसबाट म्याकडोनाल्डको प्रस्थान पनि ती मध्ये एक हो । म्याकडोनाल्डको जवाफमा पुटिनको ‘टेस्टी’ सार्वजनिक भएको छ । म्याकडोनाल्ड्सले रूसमा आफ्नो सबै व्यवसाय बन्द गरेको छ । जसलाई अहिले नयाँ रूसी स्वामित्व र नयाँ नाम रसियन फुड चेन रेष्टुरेण्ट भक्सुनो एण्ड टुक्चाले प्रतिस्थापन गरेको छ जसको अर्थ जसकेको अर्थ ‘टेष्टी एण्ड द्याट्स’ हुन्छ ।

यो म्याकडोनाल्ड जस्तो देखिन सक्छ वा यसमा म्याकडोनाल्डको सम्झना दिलाउने बासना हुन सक्छ । तर, अब यो एकदम नयाँ ब्रान्ड हो । रसियामा आइतबार नयाँ नाम र स्वामित्वका साथ म्याकडोनाल्ड्स रेस्टुरेन्टले ग्राहकहरूको लागि आफ्नो ढोका खोलेसँगै यी रेस्टुरेन्ट बाहिर लामो लाइनहरू लागेका थिए । तर, ति लाइन १९९० मा म्याकडोनाल्ड्स खोल्दा देखिएका भन्दा धेरै छोटो थिए । त्यतिबेला हजारौं मानिस त्यहाँ पुगेका थिए ।

साइबेरियामा २५ रेस्टुरेन्ट सञ्चालन गर्ने अलेक्जेन्डर गोभोरोले रुसमा ८५० म्याकडोनाल्ड्स रेस्टुरेन्टहरू किनेर नयाँ नाममा लन्च गरेका हुन् । बर्गरसँगै दुई फ्राइज देखाउने नयाँ कम्पनीको लोगोमा ‘नाम फेरिन्छ, माया रहन्छ’ भन्ने नारा लेखिएको छ । नयाँ रेष्टुराँमा मेनु एकदम सानो छ र यसले बिग म्याक र अन्य बर्गरहरू पनि समावेश गरेको छैन् ।

यहाँ डबल चीज बर्गर १२९ रूबल वा लगभग २.३१ डलर प्राप्त गर्दैछ । यसअघि यो बर्गर म्याकडोनाल्ड्स अन्तर्गत १६० रुबलमा बेचिन्थ्यो । त्यसैगरी यसअघि १९० रुपैयाँमा बिक्री हुने फिस बर्गर अहिले नयाँ ब्राण्डअन्तर्गत १६९ रुपैयाँमा पाइएको छ ।

कतिपय ग्राहकले भने नयाँ रेष्टुरेन्टमा स्वाद उस्तै रहेको बताएका छन् । तर, कतिपयले केही परिवर्तन भएको पनि बताइरहेका छन् । नयाँ ब्राण्डको स्वाद केही मानिसमा म्याकडोनाल्डको भन्दा फरक हुनसक्ने भएतापनि मानिसहरुले नयाँ ब्राण्डलाई मन पराइरहेका छन् र रेष्टुरेन्टमा भीड बढिरहेको छ । म्याकडोनाल्डले १४ मार्चमा रुसमा आफ्ना रेस्टुरेन्टहरू बन्द गर्ने घोषणा गरेको थियो र त्यसपछि १६ मेमा कम्पनीले रुसी बजारबाट बाहिरिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL