Logo

बजेट अधिवेशन सुरु, बजेटको प्राथमिकतामा गरिवी निवारणदेखि विद्युत खपत वृद्धिसम्म

बजेट अधिवेशन सुरु, बजेटको प्राथमिकतामा गरिवी निवारणदेखि विद्युत खपत वृद्धिसम्म



काठमाडौं । मंगलबारदेखि बजेट अधिवेशन सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेकी थिइन । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार अर्थमन्त्री जनार्दन शर्माले अधिवेशनमा ‘आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

उनका अुनसार बजेटको प्राथमिकतामा उत्पादन वृद्धिलाई जोड दिईने, पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्ने, गरिवी निवारणमा जोड दिनेलगायतका बुँदाहरुलाई प्राथमिकतामा राखिएको छ । यस्तै कृषि उत्पादनको वृद्धि गर्न मल, विउको समयमै व्यवस्था गर्ने, कृषिमा आधुनिकीकरणलाई प्राथमिकता दिने, खेतियोग्य जमिनको भरपुर उपयोग गर्ने, जमिनको चक्लाबन्दी गरी उत्पादन वृद्धि गर्नेलगायतका बुँदाहरु प्राथमिकतामा राखिएको छ ।


निर्माणाधिन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको विस्तार गर्ने, निजी क्षेत्रमैत्री कार्यक्रम संचालन गर्ने, सडकको उचित विस्तार गरी यात्राको समय घटाउने, स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने, कम्तिमा एउटा सडक बाह्रै महिना चल्ने गरी निर्माण गर्ने बुँदाहरु बजेटको प्राथमिकतामा परेका छन् ।

विद्युतको निर्वाध आपुर्तिको व्यवस्था गर्ने, ठुला जलविद्युत आयोजनाको निर्माण विस्तार गर्ने, विद्युत खपत बढाउने, बाह्य पर्यटक आकर्षण गर्ने आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, पर्यटकिय पूर्वाधार विकासमा लगानी गर्ने, गुणस्तरिय पर्यटन जनशक्ती विकास गर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई दिगो बनाउने, यसमा विपन्न वर्गको पहँुच बढाउने, गरिवी निवारण गर्ने, वैदेशिक लगानी प्रवद्र्धन गर्ने बुँदाहरुलाई बजेटको प्राथमिकतामा जोड दिईएको छ ।

बिनियोजन बिद्येयक, २०७९ को सिद्धान्त तथा प्राथमिकता :

[googleapps domain=”drive” dir=”file/d/1c2sbAYKJky5SegvIpQo3pa_IDNBR7pA-/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL