Logo

क्रिप्टोकरन्सीबारे खर्बपति चार्लीको कडा टिप्पणी, भने-क्रिप्टोकरन्सी गम्भीर यौन रोगजस्तै हो, धेरै पहिले प्रतिबन्ध लगाउनुपर्ने थियो

क्रिप्टोकरन्सीबारे खर्बपति चार्लीको कडा टिप्पणी, भने-क्रिप्टोकरन्सी गम्भीर यौन रोगजस्तै हो, धेरै पहिले प्रतिबन्ध लगाउनुपर्ने थियो



काठमाडौं । बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको बारेमा भारतलगायत विश्वभर बहस भइरहेको छ। यसै सन्दर्भमा अमेरिकाका दिग्गज लगानीकर्ता चार्ली मुंगेर पनि यो बहसमा उत्रेका छन् । वारेन बफेटको लामो समयदेखि व्यापार साझेदार मुंगेरले क्रिप्टोकरेन्सीहरू गम्भीर संक्रामक रोग जस्तै भएको र धेरै पहिले प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

९८ वर्षीय मुंगेर सन् १९७८ देखि बफेटको कम्पनी बर्कशायर ह्याथवे इंकका उपाध्यक्ष छन् । रोयटर्सका अनुसार, मुंगेरले एक कार्यक्रममा क्रिप्टोकरेन्सीहरू सुरुदेखि नै प्रतिबन्धित हुनुपर्ने थियो भनेका छन् । उनले भने, ‘म यसबाट टाढा रहनुमा गर्व गर्छु । यो एक गम्भीर यौन रोग जस्तै हो । मेरो नजरमा यसको कुनै मूल्य छैन ।’

उनले कतिपयले यसलाई आधुनिकता मान्ने गरेको र फिरौती, जबरजस्ती र कर छलीका लागि उपयोगी मुद्रालाई स्वागत गरेको बताए । यसअघि बर्कशायरका अध्यक्ष तथा सीईओ वारेन बफेटले पनि क्रिप्टोकरेन्सीलाई मुसाको विष भनेका थिए र यसको कुनै मूल्य नरहेको बताएका थिए ।

बफेट र मुंगेरको भेट सन् १९५९ मा भएको थियो । सन् १९६१ मा आइपुग्दा उनीहरुले सातवटा साझेदारी कम्पनी चलाएका थिए । उनले डेम्पस्टरमा आफ्नो पहिलो मिलियन डलर लगानी गरेका थिए। बर्कशायर ह्याथवेको आज धेरै कम्पनीहरूमा लगानी छ। यसमा अमेरिकन एक्सप्रेस, एप्पल, बैंक अफ अमेरिका, कोका-कोला, जनरल मोटर्स, मूडीज, भेरिजोनलगायत छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL