Logo

सन् २०२२ मा विश्व अर्थतन्त्रले नयाँ उचाइ छुने, पहिलो पटक १०० ट्रिलियन डलर पार गर्ने

सन् २०२२ मा विश्व अर्थतन्त्रले नयाँ उचाइ छुने, पहिलो पटक १०० ट्रिलियन डलर पार गर्ने



काठमाडौं । विश्वको आर्थिक उत्पादन (इकोनोमिक आउटपुट ) अर्को वर्ष पहिलो पटक १०० ट्रिलियन डलर नाघ्ने देखिएको छ । साथै, चीनलाई पहिलो नम्बरको अर्थतन्त्रको रूपमा संयुक्त राज्य अमेरिकालाई उछिन्न पहिलेको तुलनामा केही समय लाग्ने आइतबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

बेलायती परामर्शदाता सेब्रले चीन सन् २०३० मा डलरको हिसाबले विश्वको शीर्ष अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । यो गतवर्षको वल्र्ड इकोनोमिक लिग टेबल्स रिपोर्टमा उल्लेख भएभन्दा दुई वर्ष ढिलो हो ।

भारत सन् २०२३ मा विश्वको छैटौं ठूलो अर्थतन्त्र बन्ने

सेब्रले भारतले अर्को वर्ष फ्रान्सलाई उछिन्ने र २०२३ मा बेलायतले विश्वको छैटौं ठूलो अर्थतन्त्रको रूपमा आफ्नो स्थान पुनः प्राप्त गर्न तयार भएको उल्लेख गरेको छ । सेब्रका उपाध्यक्ष डगलस म्याकविलियम्सले २०२३ को लागि मुख्य मुद्दा विश्व अर्थतन्त्रहरूले मुद्रास्फीतिसँग कसरी जुध्छन भन्ने रहेको बताए । जुन अहिले अमेरिकामा ६.८ प्रतिशत पुगेको छ । ‘हामी गैर–अस्थायी तत्वहरूलाई नियन्त्रणमा राख्न अपेक्षाकृतसमायोजनको आशा गर्छौं । यदि होइन भने, संसारले २०२३ वा २०२४ मा मन्दीको लागि आफैलाई तयार गर्न आवश्यक छ’, सेब्रको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०३३ मा जर्मनी जापानभन्दा अगाडि रहने

प्रतिवेदनले सन् २०३३ मा आर्थिक उत्पादनमा जर्मनी जापानलाई उछिन्ने बाटोमा रहेको देखाएको छ । रुस सन् २०३६ सम्ममा शीर्ष १० अर्थतन्त्र बन्न सक्ने र इन्डोनेसिया २०३४ मा नवौं स्थानमा पुग्ने बाटोमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL