Logo

व्यवसायी भन्छन्, सामान आयात गर्न पैसा छैन, गभर्नरले भने–औद्योगिक कच्चा पदार्थ ल्याउनलाई एलसी खोल्न समस्या पर्दैन

व्यवसायी भन्छन्, सामान आयात गर्न पैसा छैन, गभर्नरले भने–औद्योगिक कच्चा पदार्थ ल्याउनलाई एलसी खोल्न समस्या पर्दैन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमुलक उद्योगहरुलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको नियमित आपूर्तिका लागी प्रतित पत्र (एलसी) खोल्न कुनै पनि कठिनाई हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । गर्भनर अधिकारीले उद्योग संगठन मोरङका पदाधिकारीहरुसँगको भेटमा हाल विलासिताका केहि वस्तुहरुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको बताए ।

साथै, गर्भनर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमा वित्तीय अनुशासन कायम गर्न चालु मौद्रिक नीतिमार्फत सिसिडी रेसियोबाट सिडि रेसियोमा रुपान्तरण गरिएकोकारणबाट तरलता अभाव नभएको स्पष्ट पार्दै तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गरि तरलता पठाइरहेकोले जानकारी दिए । साथै अबका दिनमा अवस्था क्रमशः सुधार हुदै जाने समेत उनले बताए ।

उद्योग संगठन मोरङले वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो । संगठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको संगठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उनकै कार्यकक्षमा भेटी वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरि उद्योग व्यवसाय सञ्चालनमा सहजिकरणका लागी अनुरोध गरेको छ ।

उक्त छलफलमा संगठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएको कारण बैंक तथा वित्तीय संस्थाहरुले केही समय देखि औद्योगिक कच्चा पदार्थ लगायतका वस्तुको आयातका लागि एलसी खोल्न समेत कठिनाई भएको जानकारी गराएका थिए । साथै औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुदै गएको तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो ।
राष्ट्र बैंकद्धारा तोकिएका केहि विलासीका वस्तुहरुको आयातमा प्रतित पत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्न पर्ने व्यवस्था गरि स्वदेशी उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातको सहजिकरणमा मद्दत पुग्ने बताएका थिए । तर यसबाट विलासिताका वस्तुहरुको आयातमा एकाधिकार हुनसक्ने तर्फ सचेत हुनुपर्ने सुझाव संगठनले राष्ट्र बैंकलाई दिएको छ ।

संगठनको प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्षद्धय राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुशिल रिजाल, अध्यक्षिय सल्लाहकार सोम अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL