Logo

पदाधिकारीबाट ‘रिजेक्ट’ भएपछि मुरारकाको दबाबमा जोशीले अध्यक्षलाई बुझाए विधान, आफु इतरका सबैलाई अध्यक्ष र उपाध्यक्ष बन्न रोक्ने खेल

पदाधिकारीबाट ‘रिजेक्ट’ भएपछि मुरारकाको दबाबमा जोशीले अध्यक्षलाई बुझाए विधान, आफु इतरका सबैलाई अध्यक्ष र उपाध्यक्ष बन्न रोक्ने खेल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैंठकले काम नलाग्ने भन्दै ‘रिजेक्ट’ गरिदिएको विधान संसोधनको मस्यौदा अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरिएको छ । यस अघि बसेको पदाधिकारी बैंठकमा विधान संसोधन समितिका सभापति एवं महासंघ पूर्व अध्यक्ष कुशकुमार जोशीले आफुले तयार पारेको विधानको सातौं संसोधनको मस्यौदा पेश गरेका थिए भने अध्यक्ष गोल्छाले आगामी पुस १४ गते बस्ने कार्यसमिति बैैठकमा विधान संसोधनको एजेण्डा राख्ने प्रस्ताव गरेका थिए । तर उक्त बैंठकमा अध्यक्ष गोल्छा बाहेकका सबै पदाधिकारीको एक मतले अहिले विधान संसोधन आवश्यक नभएको भन्दै रिजेक्ट गरिदिएका थिए ।

laxmi

तर आफुले बनाएको विधान पदाधिकारीबाट रिजेक्ट भएपछि सभापति जोशी महासंघ पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारकाको शरणमा पुगेका थिए । हाल उनै मुरारकाको पहलमा अध्यक्ष गोल्छालाई पदाधिकारी बैंठकबाट रिजेक्ट भएको मस्यौदा बुझाउने काम भएको महासंघका एक कार्यसमिति सदस्यले जानकारी दिए । ‘महासंघका अध्यक्ष शेखर गोल्छालाई आफुले जिताएको भन्दै मुरारकारले अध्यक्षमार्फत जे पनि गर्न सक्छु भन्ने घमण्ड छ,’ ती सदस्यले भने, ‘सोही अनुरुप मुरारकाकै दबाबमा पदाधिकारीबाट रिजेक्ट भएको विधान नाटकीय रुपमा पत्रकार सम्मेलन गरेर अध्यक्षलाई लिन लगाइयो ।’

fncci_bidhan_murarka

विधान संसोधन समिति असफल भएपछि आफ्नो फेस सेभिङ गर्न विधानको मस्यौदा बुझाउने काम भएको महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘विधान संसोधन समितिले जुन काम गर्छु भनेर जिम्मा लिएको थियो त्यो गर्न नसकेपछि आफ्नो फेस सेभ गर्दै अध्यक्षको टाउकोमा दोस थुपार्न देखावटी रुपमा मस्यौदा बुझाउने काम भएको छ,’ उनले भने, ‘पदाधिकारी बैंठकबाट रिजेक्ट भएको उक्त मस्यौदा तामझामका साथ अध्यक्षलाई बुझाउनुको कुनै अर्थ रहँदैन ।’

अहिलेको बुझाएको विधान संसोधनको मस्यौदा नभई २/४ जनाको स्वार्थ केन्द्रित समुहले बताएको खेस्रा भएको समेत उनको भनाई थियो । ‘महासंघको विधान संसोधन गर्न समितिले जिल्ला नगर, बस्तुगत संघ तथा एसोएिसट्स सदस्यहरु कहाँ पुगेर उनीहरुको राय सुझाव संकनल गर्नु पर्दछ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘समितिले आफ्नो स्वार्थ अनुरुप ८/९ ओटा प्रस्नावली तयार पारेर गरिएको सुझाव संकलनबाट पनि विधान संसोधन हुन्छ ?’ अहिले समितिले विधान संसोधनका लागि सदस्य साथीहरुको राय नभई आफ्नो स्वार्थ अनुरुपका प्रश्नावलीको उत्तर संकलन गर्ने काम गरेको समेत उनले जानकारी दिए ।

साथै उनले पदाधिकारी बैंठकबाट नै विधान संसोधनको मस्यौदा रिजेक्ट भएकाले अबका दिनमा अघि नबढ्ने बताए । ‘पदाधिकारी बैंठकले विधान संसोधन समितिलाई जिल्ला जिल्लामा गएर सुझाव संकनल गर्न रोक लगाएपछि उनीहरुले निरिह भएर आफुले गरेको काम देखाउन अध्यक्षलाई मस्यौदा हस्तान्तरण गरेका हुन,’ उनले भने, ‘यस अघिनै रिजेक्ट भएको मस्यौदा पुनः बुझाउनुको कुनै अर्थ रहँदैन ।’

यसैगरी महासंघकै पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि पदाधिकारी बैंठकबाट रिजेक्ट भएपछि सोही मस्यौदा पुनः अध्यक्षलाई बुभाईराख्नु जरुरी नभएको बताउँछन् । ‘अहिलेको मसस्यौदामा के कुरामा समेटिएको छ सो सम्बन्धमा महसंघ पदाधिकारी र कार्यसमितिलाई समेत स्पष्टसँग थाहा छैन,’ उनले भने, ‘पदाधिकारीले पुस १४ को कार्यसमितिको बैंठकको एजेन्डामै नराख्ने भनेर रिजेक्ट गरेपछि नाटकीय रुपमा पत्रकार सम्मेलननै गरेर अध्यक्षलाई हस्तान्तरण गर्नुको कुनै तुक छैन ।’ साथै अहिलेको अवस्थामा अध्यक्षले आफुखुशी टेवुल गरेपनि कार्यसमिति बैंठकबाट रिजेक्ट गर्ने उनको भनाई थियो ।

विधान संसोधनको मस्यौदामा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदनै हटाउने, उपाध्यक्ष उठ्न महासंघमा ३ कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्नेजस्ता व्यवस्था राखिएको छ । तर उक्त व्यवस्था पशुपती मुरारकाको स्वार्थमा आफु इतरका सदस्यलाई उपाध्यक्ष बन्नबाट रोक्ने खेल भएको समेत महासंघका एक सदस्यले जानकारी दिए । ‘अहिले महासंघका मुरारका इतरका उपाध्यक्षको दौडमा सबैजना दुई कार्यकाल सदस्य भएका व्यक्ति छन्,’ ती सदस्यले भने, ‘तर मुरारकाले सक्षम व्यक्तिलाई रोकेर आफु नजिकमा व्यक्तिलाई उपाध्यक्ष बनाउन ३ कार्यकालको व्यवस्था गरिएको समेत ती सदस्यको आरोप छ । हाल महासंघमा मुरारका इतरबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण बैद्य वा राजन श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएट्स उपाध्यक्षमा भरत आचार्य लगायतले दावेदारी प्रस्तुत गरिरहेको छन् । तर उनीहरु सबै महासंघका दुई कार्यकाल मात्र सदस्य भएका छन् । यदि उनीहरुलाई विधान संसोधनबाटै रोक्न सकिएका आफु नजिकका व्यक्तिलाई सहज रुपमा उपाध्यक्ष बनाउन सकिने खेलमा मुरारका लागेका समेत उक्त स्रोतको दावी छ । साथै वरिष्ठ उपाध्यक्षको अहिले भएको प्रावधान हटाएर उपाध्यक्षको मात्र राख्दा अहिले भएका उपाध्यक्षहरु पुनः सोही पदमा नउठ्ने हुँदा सबै बाहिरिने र आफु अनुकुलका व्यक्तिलाई आगामी अध्यक्षको लागि तयार पार्न सहज हुने मुरारका पक्षको बुझाई रहेको समेत उक्तले जानकारी दिएको छ ।

महासंघमा बिहीबार सभापति जोशी र समितिका सह–सभापति मुरारकाले आफुहरुले ११ महिना लगाएर उक्त सस्यौदा तयार परेको भन्दै जानकारी गराएका थिए । तर उनीहरुले ११ लगाएर काम गरेको दाबी गरेपनि उक्त मस्यौदाले महासंघलाई एक ढिक्का बनाएर अघि बढाउनुको सट्टा फाटो ल्याउने काम गर्ने समेत महासंघ स्रोतले जानकारी दिएको छ ।

‘एउटै व्यक्तिले पार्टीको उच्च तहमा वसिरहयो भनेर हामी व्यवसायी राजनीति दललाई गाली गर्छौं तर हामीनै आफ्ना सदस्यहरुलाई नेतृत्वमा जानबाट रोक्न तीन कार्यकालको प्रावधान ल्याउने ? पूर्व उपाध्यक्ष श्रेष्ठले भने, ‘जिल्ला नगर र बस्तुगतबाट आएका साथीहरु आआफ्नै संस्थामा लामो समय विताएर अध्यक्ष भई पोख्त भएर आएका हुन्छन तसर्थ उपाध्यक्ष बन्न ३ कार्यकाल कार्यसमिति सदस्य हुनुपर्ने व्यवस्थाको कुनै अर्थ रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL