Logo

वाह जागिर ! कर्मचारीलाई हप्तामा चार दिन बिदा तीन दिन काम, तलब सुविधा मालामाल

वाह जागिर ! कर्मचारीलाई हप्तामा चार दिन बिदा तीन दिन काम, तलब सुविधा मालामाल



काठमाडौं । कसैका लागि साप्ताहिक बिदाको महत्व कति हुन्छ, एउटा कर्मचारीले भन्दा अरुले यस्तो साप्ताहिक बिदाको महत्त्वबारे उपयुक्त वर्णन गर्न सक्दैनन्। नेपालमा अधिकांश कम्पनीहरुले हप्तामा एक दिन बिदा दिन्छन् । तर, केही कम्पनीहरुले दुई दिन बिदा पनि दिन्छन् ।

यसैबीच युनाइटेड अरब इमिरेटस (यूएई)मा काम गर्ने दिन साढे चार दिनमा झारेको खबर आइरहेको छ । अर्थात्, हप्तामा दुई दिनको साप्ताहिक विदा विकअफ) को अतिरिक्त, थप आधा दिन (हाफ डे) पनि उपलब्ध हुनेछ। यस्तो विदा दिने देश युएई मात्र एक्लो होइन । अन्य देशहरुमा पनि हप्तामा दुई दिनभन्दा बढी बिदा दिने व्यवस्था छ ।

युनाइटेड अरब इमिरेट्सले डिसेम्बर ७ मा अब कर्मचारीले हप्तामा साढे चार दिन मात्र काम गर्नुपर्ने र साढे दुई दिन साताको छुट्टी पाउने घोषणा गरेको थियो ।

साढे दुई दिन बिदाको व्यवस्था जनवरी १, २०२२ देखि लागू हुनेछ । त्यसपछि कर्मचारीको सप्ताहन्तको बिदा शुक्रबार दिउँसोबाट सुरु भई शनिबार र आइतबारसम्म पाउनेछन् । शुक्रबार दिउँसो १२ बजेसम्म काम चल्ने र त्यसपछि कर्मचारीले शुक्रबारको नमाज पढ्न सक्ने आधिकारिक विज्ञप्तिमा उल्लेख छ । यो परिवर्तन यूएईले जीवन सन्तुलन गर्न सरकारको प्रयास को एक हिस्सा भनेको छ ।

जापानमा ३ दिनको विकअफ

जापानका जनतालाई संसारमा सबैभन्दा बढी काम गर्ने मानिस मानिन्छ। यो पनि सत्य हो कि त्यहाँका मानिसहरू धेरै मेहनती छन्। तर के तपाईलाई थाहा छ कि त्यहाँ वीक अफ पनि सबैभन्दा बढी पाइन्छ।

जापानमा कर्मचारीले हप्तामा ३ दिन बिदा पाउँदा ४ दिन मात्रै काम गर्नुपर्छ । यसले कम्पनीहरूलाई आफ्ना परिवारका सदस्यहरूको हेरचाह गर्न छुट्टी चाहिने अनुभवी कर्मचारीहरू कम्पनीमा राख्न मद्दत गर्ने बताइन्छ । अत्यधिक कामका कारण मृत्यु हुने गरेको बारम्बार खबर आएसँर्गै जापान सरकारले काम र जीवनलाई सन्तुलनमा राख्ने सोच बनाएको छ ।

आइसल्याण्ड, स्पेन, र न्युजिल्याण्डमा ४ दिन बिदा

सन् २०१५ देखि २०१९ बीचमा आइसल्याण्डले कम घण्टा काम गरे पनि ज्याला नघटाउने प्रयोग गरेको छ । यसअन्तर्गत त्यहाँ हप्तामा ४० घन्टाको सट्टा ३५–३६ घण्टा मात्र काम हुने गरेको छ ।

यस्तो अवस्थामा कर्मचारीको काम घण्टा घटेपछि धेरै कम्पनीमा ३५–३६ घण्टाको लक्ष्य पूरा गर्न मानिसले हप्ताको चार दिन काम गर्न थालेका छन् । यसले कर्मचारीको उत्पादकत्वमा उल्लेख्य बृद्धि भएको पाइएको छ । स्पेन र न्यूजील्याण्डले पनि समय समयमा घटाइएको घण्टा प्रणाली प्रयोग गर्दछन । यहाँ कर्मचारीहरुलाई तलब तथा सुविधा पनि एकदमै राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL