Logo

निर्यात बढ्दा पनि ४ महिनामा ५ खर्ब ६८ अर्ब व्यापारघाटा, ८२ अर्ब बढिको वस्तु निर्यात

निर्यात बढ्दा पनि ४ महिनामा ५ खर्ब ६८ अर्ब व्यापारघाटा, ८२ अर्ब बढिको वस्तु निर्यात



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालले वैदेशिक व्यापारमार्फत ५ खर्ब ६८ अर्ब बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले कुल गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढि व्यापारघाटा व्यहोरेको हो ।

laxmi

नेपालले यस अवधिमा विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड १३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको हो । यसरी नेपालले आयात गर्ने वस्तुभन्दा निर्यात गर्ने वस्तुको मात्रा ज्यादै न्युन हुँदा वस्तु निर्यातबाट घाटा व्यहोर्नुपरेको हो ।

यस अवधिमा नेपालको आयात निर्यातको अनुपात ७ दशमलव ९२ प्रतिशत छ यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव ९१ प्रतिशतले कम हो । यस्तै पछिल्लो ४ महिनामा नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११ दशमलव २१ प्रतिशत हुँदा आयातको हिस्सा भने ८८ दशमलव ७९ प्रतिशत छ । यस अवधिमा भएको वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL