Logo

कोभिड-१९ बारे नयाँ अध्ययनको निष्कर्ष, कोरोनाले मानिसको औसत आयु घट्यो

कोभिड-१९ बारे नयाँ अध्ययनको निष्कर्ष, कोरोनाले मानिसको औसत आयु घट्यो



काठमाडौं । कोरोना भाइरस (काभिड–१९) बारे विश्वमा विभिन्न अध्ययन भइरहेका छन् । यसैक्रममा एक नयाँ अध्ययनका अनुसार औसत आयु घटेको एक अनुसन्धानले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले कोरोना महामारीले मानिसको औसत आयु दुई बर्ष २ महिना घटेको देखिएको हो । खासगरी अमेरिकी पुरुषको आयु २ बर्ष २ महिना घटेको देखिएको छ । संक्रमणको असर महिलामा पनि परेको देखिएको छ ।

त्यस्तै अनुसन्धानमा बेलायतमा ४० बर्षमा दोस्रो पटक औसत आयु घटेको छ । बेलायतमा यस्तो अवस्था दोस्रो विश्वयुद्धको बेलमा पनि देखिएको थियो ।

त्यस्तै अनुसन्धानमा १५ देशका पुरुषको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ भने ११ देशका महिलाको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ ।

ब्रिटेनको द लेसेंट डिजिटल हेल्थमा प्रकाशित भएको एक रिपोर्टका अनुसार विश्वभर पुरुषहरुमा फरक फरक लक्षण देखिएको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL