Logo

१५ अर्बले घटाउँदै १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट : ७ प्रतिशतको आर्थिक वृद्धि, साढे ६ प्रतिशत मुद्रास्फिति (पूर्ण पाठसहित)

१५ अर्बले घटाउँदै १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट : ७ प्रतिशतको आर्थिक वृद्धि, साढे ६ प्रतिशत मुद्रास्फिति (पूर्ण पाठसहित)



काठमाडौं । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको प्रतिस्थापन बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको बजेटलाई अध्यादेश बजेटमार्फत प्रतिस्थापन गर्दै उक्त आकारको बजेट ल्याएका हुन् ।

उनले अघिल्लो बजेटको तुलनामा बजेटको आकार केही घटाएका छन् । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले कुल १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएकोमा उनले त्यसमा १५ अर्ब रुपैयाँ घटाउँदै प्रतिस्थापन बजेट ल्याएका हुन् ।

उनले उक्त बजेटको लागि राजस्वबाट १० खर्ब ५० अर्ब ५२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएका छन् । यसैगरी वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ लिने लक्ष्य लिएका छन् । सोमध्येमा ५ खर्ब २२ अर्ब ९ करोड रुपैयाँ नपुग हुने देखिएको छ । अपुग बजेटमध्ये २ खर्ब ८३ अर्ब ९ करोड रुपैयाँ वैदेशिक ऋणबाट र २ खर्ब ३९ अर्ब आन्तरिक ऋणबाट उठाईने भएको छ ।

यसैगरी सरकारले आर्थिक वृद्धिको लक्ष्य भने बढाएको छ । यस अघि साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य रहेकोमा हाल वृद्धि गर्दै ७ प्रतिशत पुर्याइएको छ । साथै मुद्रास्फिति भने साढे ६ प्रतिशतमै राख्ने लक्ष्य बजेटले लिएको छ ।

शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए ।

अर्थमन्त्री शर्माले अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेको जानकारी गराएका छन् ।अर्थमन्त्री शर्माले विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ ।

प्रतिश्थापन बजेटको पुर्णपाठ :

[googleapps domain=”drive” dir=”file/d/17gQL6VmJJuPC8NBLWVeayvOAjzJyVMjI/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL