Logo

जेफ बेजोस, बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म : विश्वका सबैभन्दा धनीहरुको शैक्षिक योग्यता कति छ ?

जेफ बेजोस, बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म : विश्वका सबैभन्दा धनीहरुको शैक्षिक योग्यता कति छ ?



के तपाईले कहिल्यै बिल गेट्स, मार्क जुकरबर्ग र अन्यसहित दुनियाँका सबैभन्दा धनी व्यक्तिहरुको शैक्षिक योग्यता कति होला भन्नेबारे सोच्नु भएको छ । यदि तपाई फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिको सूची हेर्नुहुन्छ भने तपाई छक्क पर्नुहुनेछ किनकि उनीहरुमध्ये धेरै आफैं बनेका वा ‘सेल्फ मेड’ छन् । यो सूचीमा धेरै अर्बपतिहरु या त कलेज छोडेका छन् वा कलेज-विश्वविद्यालय मा कहिल्यै पढेका छैनन् । यहाँ विश्वको शीर्ष पाँच अर्बपतिहरुको शैक्षिक योग्यताबारे छाटो चर्चा गरिएको छ ।

१. जेफ बेजोस

अमेजनका पूर्व सीईओ र विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले प्रिन्स्टन युनिभर्सिटीबाट ‘सुम्मा कम लाउड’ मा स्नातक गरेका छन् । यस्तै उनले इलेक्ट्रिकल ईन्जिनियरिङ र कम्प्युटर साइन्समा पनि ब्चालर अफ इन्जिनियरिंग (बीएसई) गरेका छन्

jeff bezos

२. बिल गेट्स

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले हावर्ड युनिभर्सिटीमामा १९७३ मा एक पूर्व कानून प्रमुखको रूपमा पढाई शुरू गरे । तर, उनी चाँडै नै ‘विश्वविद्यालयको सबैभन्दा कडा गणित र स्नातक स्तरको कम्प्यूटर विज्ञान कोर्स’ बाट भागे । त्यसपछि उनले हावर्डको पढाई छाडे र माइक्रोसफ्ट शुरू गने निर्णय गरे ।

bill-gates

३. मार्क जुकरबर्ग

फेसबुकका सीईओ मार्क जुकरबर्गले हावर्डमा मनोविज्ञान र कम्प्युटर विज्ञानको अध्ययन गरे र उनले हार्वर्डमा रहँदा ‘फेसबुक’ को विकास गरे । जुकरबर्ग फेसुबकको परियोजनामा ध्यान केन्द्रित गर्न प्रतिष्ठित विश्वविद्यालयबाट बाहिरिए ।

mark-zuckerberg

४. वारेन बफेट

बर्कशायर ह्याथवेका सीईओ वारेन बफेट पेन्सिलभेनिया विश्वविद्यालय को व्हार्टन स्कूलमा एक व्यापार प्रमुखको रूपमा भर्ना भए । तर पछि उनी नेब्रास्का–लिंकन विश्वविद्यालय गए जहाँ २० बर्षको उमेरमा उनले ब्याचलर अफ साइन्स इन बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक गरे । त्यसपछि उनले कोलम्बिया बिजनेस स्कूलबाटा अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरे ।

warren-buffet

५. ल्यारी पेज

गुगलका सीईओ ल्यारी पेजले मिशिगन युनिभर्सिटीबाट कम्प्यूटर ईन्जिनियरिङमा र स्ट्यानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा मास्टर अफ साइन्सको उपाधि तथा ब्याचलर अफ साइन्स गरेका छन् । पेजले स्ट्यानफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्दै गर्दा अर्की साथी पीएचडी उम्मेदवार सेर्गेई ब्रिनलाई भेटे । जो उनको लाइफ पार्टनर पनि बनिन् ।

larry-page

डिएनए इण्डियाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL