Logo

आफैले सेवा लिएपछि फुरेको लगानी आइडियाबाट मालामाल : ४७ करोड लगानी, ५ सय करोड फिर्ता

आफैले सेवा लिएपछि फुरेको लगानी आइडियाबाट मालामाल : ४७ करोड लगानी, ५ सय करोड फिर्ता



काठमाडौं । स्टार्टअपमा गरेको लगानीले सँधै काम गर्छ र फलिफाप हुन्छ भन्ने हुँदैन । कुल स्टार्टअपहरुमध्ये ९० प्रतिशत स्टार्टअपहरु फेल हुन्छन् । तर, सफल भएका स्टार्टअपहरुले राम्रो काम गरेमा त्यसको नतिजा पनि भरपर्दाे हुन्छ ।

laxmi

यस्तै एक उदाहरण हो भारतीय स्टार्टअप कम्पनी ‘जोमाटो । एक कम्पनीले ४७ करोड भारतीय रुपैयाँ लगानी गरेर उक्त ४ बर्षमै ५ सय करोड भारतीय रुपैयाँ कमाएको छ । करिव १२ बर्षअघि नौकरी डट कम, जिवनसाथी डट कम, ९९एक्री डट कमलगायत कम्पनी अघि बढाईरहेको ईन्फोएज कम्पनीले करिव ४ बर्षअघि जोमाटोमा पनि ४७ करोड रुपैयाँ लगानी गरेको थियो । जोमाटो केहिदिन अघिमात्रै पब्लिक कम्पनीमा बाहिर आउँदा ईन्फोएजले किनेको सेयर १०५० गुणाले बढेर ५ सय करोड पुगेको हो ।

लगानी प्रतिफलको तथ्यांक सार्वजनिक गर्दै इन्फोएजका प्रमुख संजिव भिकचन्दलीले भारतीय लगानीकर्ताहरु स्टार्टअपमा लगानी गर्नुको प्रमुख कारण र प्रमाण यो भएको बताउँछन् । उनले आफ्नो स्ट्याटसमा आफ्नो कम्पनीले जोमाटोबाट पाएको लगानी फिर्ताको तथ्यांक राखेका छन् ।

यस्तो आम्दानीलाई अच्चम्मलाग्दो आम्दानीको रुपमा लिईएको छ । कुनै पनि बैंकको पैसा मुद्धती खातामा राखेको अवस्थामा बार्षिक ६ प्रतिशत रिटर्न पाईन्छ भने म्युचुअल फण्डमा लगानी गरे १५ प्रतिशतसम्म रिटर्न पाईन्छ । तर, ईन्फोएजले जोमाटोमा लगानी गरेको पैसा बार्षिक ८८ प्रतिशतसम्म रिटर्न भएको देखिन्छ ।

ईन्फोएज कम्पनीका सिईओ हितेश ओबराय र संस्थापक भिकचन्दनीले जोमाटोमा लगानी गर्नुभन्दा ८ महिना अघि यसको सेवा लिएका थिए । सेवा लिने क्रममा उनीहरुलाई साईट र सर्भिस मन परेपछि यसमा लगानी गर्ने आईडिया आएको हो । त्यसपछि उनिहरुले सन २०१८ मा जोमाटोमा लगानी गरेका थिए । हाल जोमाटोको पुँजी १ लाख करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL