Logo

१२ महिनामा व्यापारघाटा १३ खर्ब ९८ अर्ब पुग्यो, आयात निर्यात दुबैमा वृद्धि

१२ महिनामा व्यापारघाटा १३ खर्ब ९८ अर्ब पुग्यो, आयात निर्यात दुबैमा वृद्धि



काठमाडौं । आर्थिक बर्ष २०७७/७८ मा नेपालले करिब १४ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत आवमा नेपालबाट हुने निर्यात बढेपनि सोही अनुपातमा आयात उच्च हुँदा ब्यापारघाटामा वृद्धि भएको हो ।

laxmi

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत बर्ष नेपालबाट कुल १ खर्ब ४१ अर्ब ७१ करोड रुपैयाँको निर्यात भएको थियो । तर सोही अबधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँको आयात भएको तथ्याङ्कले देखाएको छ ।

निर्यातसँगै आयात पनि उच्च रुपमा बढ्दा गत बर्ष नेपालले १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोर्नुपरेको हो । एक बर्षको अधिमा नेपालको व्यापार घाटा आर्थिक बर्ष २०७६/७७ को तुलनामा २७ दशमलव २६ प्रतिशतले बढेको हो ।

आयात र निर्यातबीच तुलनागर्दा नेपालले गर्ने कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा ८ दशमलव ४० प्रतिशत छ भने आयात व्यापारको हिस्सा ९१ दशमलव ६० प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL