Logo

राष्ट्र बैंकको तथ्याङ्कभन्दा उपभोक्ताले व्यहोर्ने मूल्यवृद्धि साढे २ गुणा बढि, १ बर्षमा १० प्रतिशत पुग्ने अनुमान

राष्ट्र बैंकको तथ्याङ्कभन्दा उपभोक्ताले व्यहोर्ने मूल्यवृद्धि साढे २ गुणा बढि, १ बर्षमा १० प्रतिशत पुग्ने अनुमान



काठमाडौं । नेपालमा घटबढ भईरहने मुद्रास्फितिको मुद्धामा नेपाली उपभोक्ता अगाडी नै सचेत रहने गरेको पाईएको छ । गत बर्षको माघमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको अध्ययनअनुसार ९४ प्रतिशत उपभोक्ताले १ बर्षभित्र मुद्रास्फिति बढ्ने अनुमान गरेका हुन् । राष्ट्र बैंकले गत माघ महिनामा सातै प्रदेशका प्रमुख शहरहरुका ४ सय ८२ जना उपभोक्तामा उक्त अध्ययन गरेको थियो ।

त्यसबेला नेपालको मुद्रास्फिति दर ८ प्रतिशत थियो । तर उपभोक्ताले भने त्यसपछिका ३ महिनामा यो बढेर ८ दशमलव ७ प्रतिशत पुग्ने र १ बर्षमा १० प्रतिशत पुग्ने अनुमान गरेका थिए । जसमा ३ महिनामा मूल्य बढ्ने उत्तरदाताको संख्या ८६ दशमलव ९ प्रतिशत थियो भने १ बर्षमा मुद्रास्फिती १० प्रतिशत पुग्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL