Logo

निजी सवारीसाधन जोरविजोर चल्ने गरी १ साता थपियो उपत्यकाको निषेधाज्ञा, पसल पनि बारअनुसार खोल्न पाईने

निजी सवारीसाधन जोरविजोर चल्ने गरी १ साता थपियो उपत्यकाको निषेधाज्ञा, पसल पनि बारअनुसार खोल्न पाईने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । आईतबार उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पहिलेभन्दा खुकुलो गर्दै निषधाज्ञा १ हप्ता थप्ने निर्णय गरेको हो । अबको निषेधाज्ञामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल पनि सञ्चालन गर्न पाइनेछ ।

laxmi

अब निजी सवारीसाधनहरु जोर बार जोर सवारीसाधन र विजोर बार विजोर सवारीसाधनहरु चल्न पाउने भएका हुन् । असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउने बताईएको छ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

अब आईतबार सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाईने छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पनि सोही बार खोल्न पाईने भएको छ ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL