Logo

श्रम स्विकृती लिनेको संख्या घटेपनि १९ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, १० महिनामा भित्रियो ८ खर्ब ९ अर्ब रेमिटान्स

श्रम स्विकृती लिनेको संख्या घटेपनि १९ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह, १० महिनामा भित्रियो ८ खर्ब ९ अर्ब रेमिटान्स



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो १० महिनामा नेपालमा ८ खर्ब ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आय भएको छ ।

गत बर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । यस्तै पछिल्लो १० महिनामा नेपालबाट अन्तिम श्रम स्विकृती लिनेको संख्या भने ६० प्रतिशतले घटेको छ ।

यसरी श्रम स्विकृती लिनेको संख्यामा कमी आएपनि विप्रेषण आप्रवाह भने बढेको देखिन्छ । गत आवको यहि अवधिमा यस्तो अन्तिम श्रम स्विकृती लिनेको संख्या २ दशमलव ७ प्रतिशतले घटेको थियो । यस्तै यस अवधिमा पुनः श्रम स्विकृती लिनेको संख्या ४९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL