Logo

१० महिनामै १ खर्ब ८ अर्ब बढीको निर्यात, व्यापारघाटा २१ प्रतिशतले बढ्यो

१० महिनामै १ खर्ब ८ अर्ब बढीको निर्यात, व्यापारघाटा २१ प्रतिशतले बढ्यो



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको १० महिना अर्थात गत साउनदेखि बैशाखसम्ममा १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गरेको छ । अघिल्ला आर्थिक बर्षहरुमा बर्षभरी १ खर्बभन्दा तलको निर्यातको व्यापार गर्ने नेपालले चालु आवको १० महिनामै १ खर्ब बढिको निर्यात व्यापार गरेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले यस अवधिमा आयातको व्यापार पनि १२ खर्ब ५४ अर्ब ११ करोडको गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३ प्रतिशतले बढि हो । यस्तै यो बर्ष निर्यातको व्यापारमा पनि ३२ दशमलव २ प्रतिशतको वृद्धि देखिएको छ । चालु आवको १० महिनामा नेपालबाट सायाविन तेल, अलैंची, जुटका सामान, धागो उनी गलैंचालगायत निर्यात बढेको छ भने पाम तेल, दाल, जस्ता पातालगायतका निर्यातमा गिरावट आएको छ ।


यस्तै यस अवधिमा नेपालमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस विलेट, चामललगायतको आयात उल्लेख्य वृद्धि हुँदा हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थको आयातमा भने गिरावट आएको छ । पछिल्लो समय आयात र निर्यातको तुलना गर्दा नेपालले १० महिनामै ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । जुन गत आवको यहि अवधिको तुलनामा २१ दशमलव ५ प्रतिशतले बढि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL