Logo

अर्थशास्त्री पन्त सम्मान सेजन र राणालाई, नगद २५ हजार प्रदान

अर्थशास्त्री पन्त सम्मान सेजन र राणालाई, नगद २५ हजार प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । अर्थशास्त्री स्वर्गीय डा. यादवप्रसाद पन्तको ९१ जन्मजयन्तीको अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र राजनीतिज्ञ पशुपति शम्सेर राणालाई सम्मान गरिएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले सेजन र राणालाई सम्मान गरेको हो ।

sejon

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले सेजन र राणालाई सम्मान गरेका थिए । सेजनले नगद २५ हजार एक रुपैयाँसहित सम्मान पाएको हो । कार्यक्रममा पुर्व प्रशासक रमेशनाथ ढुंगेलद्धारा लिखित जीवन संघर्ष पुस्तकको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा उपप्रधान एवं परराष्ट्र मन्त्री थापाले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा स्वर्गीय पन्तको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा राप्रपा नेता राणाले यसअघि भारतले लगाएका दुईवटा नाकाबन्दीबाट पाठ नसक्नु र जलविद्युतको विकासमा व्यापक ध्यान नदिनुको कारण परनिर्भरता अन्त्य नहुनुको मुख्य कारण रहेको बताए । उनले चीनतिरका नाकाहरु खोलेर आवतजावतलाई सकृय बनाउनु तथा मधेश मामिलाको समस्या समाधान तथा छिमेकी राष्ट्रको सम्बन्ध सुधार गर्न सरकारले प्रयास गर्नुपर्ने बताए ।

कार्यक्रममा सेजन अध्यक्ष गोकर्ण अवस्थी, राजनीतिज्ञ अरविन्द रिमाल, प्रतिष्ठान अध्यक्ष मिरा अर्याल, सचिव गोविन्दप्रसाद शर्मा रेग्मी लगायतले आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा स्वर्गीय पन्तको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL