Logo

आज २६ स्थानबाट वितरण गरिँदै नेपाल ग्याँस, तपाइको नजिक पर्यो कि ?

आज २६ स्थानबाट वितरण गरिँदै नेपाल ग्याँस, तपाइको नजिक पर्यो कि ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनयता लगातार वितरण गर्दे आएको नेपाल ग्याँसले आज (विहीबार) पनि उपत्यकाका विभिन्न स्थानबाट ग्याँस वितरण गर्ने भएको छ । विहीबार विभिन्न २६ वटा डिपोबाट वितरण गर्न लागिएको नेपाल ग्याँसमा कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । ‘हामीले प्रत्येक डिपोमार्फत ग्याँस वितरण गरिरहेका छौं,’ उनले भने, ‘केही दिनभित्र उपत्यकामा सवै डिपो मार्फत ग्याँस वितरण गर्ने छौं ।’ साथै, उक्त डिपो मार्फत २ हजार ३० सिलिण्डर ग्याँस वितरण गरिने भएको छ ।

laxmi

भण्डारीका अनुसार कम्पनीले सोमबार र बुधबार उपत्यकाका ६० भन्दा बढी डिपोमार्फत ग्याँस वितरण गरिसकेको छ । काठमाडौं उपत्यकका आफ्नो २ सय ५० भन्दा बढी डिपो रहेको र केही दिनभित्रै सवैबाट ग्याँस वितरण गरिने भएको छ ।

कम्पनीले एउटा डिपोबाट न्युनतम ७० सिलिण्डर देखि अधिकतम ३ सय ५० सिलिण्डरसम्म वितरण गर्ने छ । डिपोको यस अघिको क्षमता हेरेर ग्याँस दिइने समेत कम्पनीले जानकारी दिएको छ । पछिल्लो समय ग्याँसको बुलेट भित्रने क्रम बढेकाले सम्पूर्ण डिपोमार्फत सहज रुपमा ग्याँस वितरण गर्न लागिएको भण्डारीको भनाइ छ ।

कहाँ–कहाँबाट वितरण गरिँदै छ हेर्नुहोस सुचीमा ।

gas-distribution

 

प्रतिक्रिया दिनुहोस्
MBL