Logo

अर्थमन्त्रालयद्धारा १ अर्ब ८ करोड रुपैयाँ निकासाका लागि स्वीकृति, स्थानीय तहका स्वास्थ्य सेवा केन्द्रलाई दिइने

अर्थमन्त्रालयद्धारा १ अर्ब ८ करोड रुपैयाँ निकासाका लागि स्वीकृति, स्थानीय तहका स्वास्थ्य सेवा केन्द्रलाई दिइने



काठमाडौं । सरकारले स्थानीय तहमा निर्माण भइरहेका स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गर्ने भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुका लागि आवश्यक पर्ने रकम सशर्त अनुदानका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृती दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माण भइरहेका छन् । यी संस्थाको काम सम्पन्न भएको आधारमा रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । गएको मंसीर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL